न्यूयोर्कबाट स्वदेश फर्किइन् राष्ट्रपति भण्डारी

१ चैत्र २०७५
banner

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी भई स्वदेश फर्केकी छन्।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्र संघको महिलाको अवस्थाको परिषदद्धारा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी भई आईतबार अपरान्ह स्वदेश फर्केकी हुन्।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगणलगायतले स्वागत गरेका थिए। त्यसै अवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरिएको थियो।

राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा संयुक्त राष्ट्र संघको ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गरेकी थिइन्। कार्यक्रममा नेपालले महिला अधिकार, लैगिक समानतालगायतका मानव अधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरु अन्तराष्ट्रिय समूदायलाई प्रस्तुत गरेर राष्ट्रपति भण्डारीले देशको छवीलाई झनै उचो बनाएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए।

राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा महिलाको क्षमतामा नजरअन्दाज गर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन गरेर महिलाहरुको सशक्तिकरणको अभियानलाई सफल बनाउन सकिने धारणा पनि राखेका थिए।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र संघका महासचिव एन्टानियो गुटरेज, राष्ट्र संघ महासभाकी सभापति मारिया फर्नान्डा तथा इष्टोनियाका समकक्षी केरष्टि कलजुलैड र क्रोयसियाका राष्ट्रपति कोलिन्डा ग्राबरसँग पनि भेटवार्ता गरेका थिए।

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |