
काठमाडौं । ‘मैलो रिबन’ बोलको म्युजिक भिडियोमा बिमल अधिकारी र सारिका केसीको अहिलेसम्मकै दर्दनाक अभिनय भएको निर्माण कम्पनीले जनाएको छ।
गायक मोहन खड्का र सन्ध्या बुढा ‘काउली बुढी’ को स्वरमा रहेको ‘मैलो रिबन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भावना म्युजिक सोलुसनले बजारमा ल्याएको उक्त गीतमा विष्णु खवास ‘एकल ’ शब्द सिर्जना गरेका हुन् भने लय सिर्जना गायक मोहन खड्काले नै गरेका छन्।
कपिल लामाद्वारा निर्देशित उक्त म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन विष्णु शर्माले गरेका हुन्।
(हेर्नुहोस् यो भिडियो)