सोलुखुम्बु विमान दुर्घटनाः मृत्यु हुनेको संख्या ३ पुग्यो

१ बैशाख २०७६
banner

सोलुखुम्बु। तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन जना पुगेको छ।

दुर्घटनामा परी सुरक्षाका लागि खटिएका अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएको जनाइएको छ।

यसअघि विमानका सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी ९असई० रामबहादुर खड्का मृत्यु भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका इन्चार्ज इमनाथ अधिकारीले जानकारी दिएका थिए।
 
लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको थियो।

ताजा भिडियो

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |