नेपालकी विनिता महर्जनलाई स्वर्णपदक

२७ पौष २०७५
banner

काठमाडौं । नेपालकी विनिता महर्जनले पाँचौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आज स्वर्णपदक जितेकी छन् । 

नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो नक्सालद्वारा आयोजित उक्त प्रतियोगिताको महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् । त्यस्तै आजै भएको अन्य खेलमा पुरुष २३ केजीमा नेपालका रोयल लामा पहिलो भए । उनले फाइनलमा आफ्नै राष्ट्रका सोहन गौतमलाई हराए । 

महिला ४५ केजीको फाइनलमा बङ्गलादेशकी प्रिया चौहानले नेपालकी विनिता चपाईंलाई पाखा लगाउँदै पहिलो भइन् । महिला २७ केजीमा भूटानकी खुशी गुरुङले स्वर्ण जितिन् । फाइनलमा खुशीले नेपालकी सपना तामाङको चुनौती पन्छाइन् । 

प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । दुईदिने उक्त प्रतियोगितामा विभिन्न ६ राष्ट्रका एक हजार ३१७ खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजक डोजोका प्रमुख गजेन्द्र खपाङ्गीले जानकारी दिए । 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l