विप्लव समूह प्रतिबन्धित, सबै नेता भूमिगत

२९ फाल्गुन २०७५
banner

काठमाडौं। सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ। सर्वसाधकारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वार्तामा समेत बोलाउँदा नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी गराएको एक मन्त्रीले जानकरी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समुहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था सृजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताएका थिए।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेकाले सरकार प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेको ती मन्त्रीको दावी थियो। मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो।

पछिल्लो समय प्रधानमन्त्री एवं नेकपाका अधयक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विप्लव नेतृत्वको पार्टीसँग आक्रमक हुँदै आउनुभएको थियो । उक्त समूहप्रति आक्रमक भएको सरकार अन्ततः उक्त समूह आपराधिक भएको निष्कर्षमा पुगेको छ।

उक्त नेकापाका अध्यक्ष विप्लव लामो समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । केही समयअघि मात्र उक्त समूहले राजधानीमा प्रदर्शन गरेको थियो । विप्लव तत्कालिन अवस्थामा नेकपाका अध्यक्ष प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् । तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि पार्टीभित्र बढेको विवादको कारण मोहन वैद्यसहितका नेताहरु माओवादीसँग अगल भएर नयाँ पार्टी गठन गरेका थिए।

तर विप्लव र वैद्यसँग लामो समय मिल्न सकेनन् । वैद्यसँग असन्तुष्टि जनाउदै नेकपा समुह गठन गरेर उक्त समूह एकीकृत क्रान्तिको अवधारणासहित अगाडि बढेको थियो। विप्लव समुहले आफ्नो प्रभाव क्षेत्रमा चन्दा संकलन गर्ने, बम पडकाउने लगायतको क्रियाकलापलाई तीब्रता दिएपछि केही समययता मात्र करिब चार सय भन्दा बढी नेता तथा कार्यकता पक्राउ परेका छन्।

सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेसँगै अर्धभूमिगत रुपमा रहेका विप्लव समुहका नेताहरु भूमिगत भएका छन् । यस बारेमा विप्लव समुहका प्रवक्ता खडगबहादुर विश्वकर्मासँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । पूर्व नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाउने हतारो गरेको भन्दै असन्तुष्टि जनाएका छन्। नेपाल समाचारपत्र दैनिक

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |