विप्लपको पत्रकार संगठनमा उथलपुथल, चलाउने सहित ५ जना कारबाहीमा

२९ भाद्र २०७५
banner


काठमडौं । क्रान्तिकारी पत्रकार संगठन नेपालका पूर्वअध्यक्ष प्रभात चलाउनेसहित ५ जना कारवाहीमा परेका छन् । 

उनीहरु साधारण सदस्य समेत नरहने गरि कारवाहीमा परेका हुन् । चलाउनेसहित क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य कमल बुढा, जन्मदेव जैसी, सुदीप बर्देवा, बाबुराम भुषाल  साधारण सदस्यसमेत नरहने गरि निष्कासनमा परेका हुन् । 

क्रान्तिकारी पत्रकार संगठनको माउ पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ले विज्ञप्ति निकाल्दै पत्रकार संगठन सम्बन्धी पार्टी निर्णय विरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको तथा पार्टी र नेतृत्वविरुद्ध समाजिक सञ्जालहरुमा भ्रम फैलाएको भन्दै कारवाही गरेको जानकारी दिएका छन् । 

उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ । कारवाहीमा परेका चलाउने नेकपाको ब्यूरो सदस्य र अन्य जिल्ला सदस्यको समेत हैसियतमा रहदै आएका थिए ।

ताजा भिडियो

बामदेव र नारायणकाजीको रोचक प्रतिकृया। Baddev VS Narayankahi l

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |