विप्लवको नेपाल बन्द: राजधानीमा देखियो यस्ता दृश्य (फोटोफिचर)

१३ जेठ २०७६
banner

काठमाडौं। सरकारद्वारा प्रतिवन्धित नेत्र विक्रमचन्द (विप्लव) समूहले सोमबार नेपाल बन्द गर्‍यो। जसको प्रभाव राजधानी लगायत देशैभर परेको छ। बन्दको क्रममा देशका विभिन्न स्थानमा शंकास्पद वस्तुहरु फेला परे। हेटौंडामा अज्ञात समुहले ट्रकमाथि आगजनी समेत गरे।

उपत्यकामा बन्दको आंशिक प्रभाव परेपनि बाहिर भने निकै प्रभाव पर्‍यो। राजधानीमा फाटफुट भएपनि सवारी साधनहरु संचालनमा आए। तर विभिन्न स्थानमाहरुमा भने शंकास्तपद वस्तुहरु भने फेला परे। विहान करिब साढे ९ बजेतिर सातदोबाटोस्थित चापागाउँको टुटेपानीमा बम फेला परेको थियो।

 

 

जसलाई नेपाली सेनाको डिस्पोजल टोलीले निश्क्रिय पारेको थियो। यस्तै नयाँ बसपार्कस्थित बन्दै गरेको भवनको दोस्रो तलामा पनि शंकास्पदा वस्तु फेला परेको थियो।

यसअघि आइतबार राजधानीका विभिन्न स्थानमा श्रृंखलाबद्ध विस्फोट गराएको थियो। विस्फोटनमा परी ४ जनाको मृत्यु भएको थियो।

सरकारले फागुन २८ गते नेत्रविक्रम चन्द समूहको नेकपालाई प्रतिबन्ध लगाएको थियो। हेरौं डिसीनेपालका फोटोपत्रकार आर्यन धिमालले बन्दका क्रममा आफ्नो क्यामेरामा कैद गरेका राजधानीका केही दृश्यः–

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l