बिरामी खसी बेच्नेमाथि कारबाही सुरु, दाङमा दुईजनालाई जरिवाना

२६ आश्विन २०७५
banner

घोराही । घोराही उपमहानगरपालिकाले बिरामी खसी बेच्ने र काट्नेलाई आज जरिवाना गरेको छ । उपमहानगरपालिका–१५ बिपी चोक नजीकैबाट बिहान बिरामी खसी बेच्ने शङ्कर चौधरी र काट्नका लागि खरिद गर्ने सस्लाम कुरैसीलाई जनही रु एक एक हजार जरिवाना गरिएको हो ।

उपमहानगरको बजार व्यवस्थापन कार्यविधि २०७४ बमोजिम चौधरी र कुरैसीलाई जरिवाना गरिएको जनाइएको छ । खसी बोक्ने टेम्पो चालक दलबहादुर विश्वकर्मालाई भने पहिलो पटक भन्दै सचेत गराइएको छ ।

उपमहानरगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीको संयोजनमा वडा सदस्य, उद्योग वाणिज्य सङ्घ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी र टेम्पो व्यवसायीका प्रतिनिधिको छलफलबाट दुवै जनालाई जरिवाना गरिएको हो ।

ताजा भिडियो

स्टिङ अपरेशनः कतार टु काठमाडौं यसरी हुन्छ सुन तस्करी । Gold Smuggling Qatar to KTM l

गुठी हंगामाः माइतीघरमा घुसपैठदेखि नेपाली एकतासम्मको नारा | Maitighar Mandala | Githi Bill |

जनार्दन शर्मालाई झोंक चलेपछि भनिदिए- बजेट सबै झापा लैजाउन । Janardan Sharma l Samsad l

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l