सेमीफाइनलमा पराजित भएपछि विराट कोहलीकालागि ‘९११’ किन डायल गरिरहेका छन् उनका फ्यान?

२६ अषाढ २०७६
banner

नयाँ दिल्ली। भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीको रेकर्डको कुरा गर्दै उनी यो पिढीका सर्वश्रेष्ठ ब्याट्म्यान हुन्। उनको नाममा ४१ भन्दै धेरै शतक बनाएका छन्। विश्व कपको लिग खेलमा पनि विराट निकै राम्रो प्रदर्शन गरे। उनले यो विश्व कपमा लगातार पाँच अर्धशतक बनाए। तर सेमीफाइनलमा उनले आफ्ना फ्यानलाई निराश बनाए।

न्युजिल्याण्ड विरुद्धको सेमीफाइनल खेलमा विराट कोहली मात्र एक रन बनाएर आउट भए। टीम इण्डियाका कप्तानले कुनै ठूलो टुर्नामेन्टमा दोहोरो रन बनाउन नसकेको यो पहिलो अवसर भने होइन। यसअघि पनि विराट कोहलीले विश्व कपमा दुई सेमीफाइनल खेलिसकेका छन्। ती सेमीफाइनलमा पनि विराटले दोहोर रन बनाउन सकेका थिएनन्।

३० वर्षीय विराट कोहोलीले २०११, २०१५ र २०१९ गरी तीन वटा विश्व कपमा सेमीफाइनल खेलिसकेका छन्। यसमा विराटको रन स्कोर ९, १, १ रहेको छ। यी तीन सेमीफाइनल म्याच पाकिस्तान, अष्ट्रेलिया र न्युजिल्याण्ड विरुद्ध खेलेका थिए।

विश्व कप २०११ मा पाकिस्तान विरुद्धको खेलमा सेमीफाइनल खेलमा विराट कोहलीले मात्र ९ रन बनाएका थिए। त्यसपछि २०१५ मा अष्ट्रेलिया विरुद्ध भएको सेमीफाइनलमा १ रन बनाएको कोहोलीले २०१९ मा न्युजिल्याण्ड विरुद्धको सेमीफाइनल खेलमा पनि एक रन मात्र बनाउन सके। 

विराट कोहोलीको यो खराब प्रदर्शनलाई लिएर उनका कयौं प्रशंसकले ‘९११’ को ट्वीट पोस्ट गरेका छन्, जुन संयुक्त राज्य अमेरिकामा आपतकालीन सेवाका लागि यो नम्बर प्रयोग गरिन्छ।

ताजा भिडियो

प्रधानमन्त्रीमा अब प्रचण्डको पालोः झलनाथको खुलासा । Jhalnath Khanal Interview l

अआ जोडी पहिलो पटक एकसाथ मिडियामा | Aayush KC | Anubhav Regmi |

वाफ रे ! संसदमा रामनारायण विडारीको आक्रोश | Ram Narayan Bidari | Samsad |

विप्लवसँग वार्ता बारे सरकार प्रवक्ताको अभिव्यक्ति । Gokul Baskota l