काठमाडाैंमा बाढीकाे कहर (फोटो/भिडियाे)

२२ अषाढ २०७६
banner

प्रशान्त भट्टराई l

काठमाडौं । शनिबार साँझ भीषण पानी परेपछि आएको बाढीले राजधानी काठमाडौंका विभिन्न खोला, नदी किनारका वस्तीमा क्षति पुगेको छ। मुख्यतः बनियाँटार क्षेत्रमा बिष्णुमतिको बाढी घर र पसलहरूमा पसेर आतंक नै मच्चायो। खोला पार गरेर सडक सतह पनि डुबाउँदै बाढी किनाराका घर पसलहरूमा पसेको हो।

बाढी मानव बस्तीमा पसेपछि त्यस क्षेत्रको माहोल रातभर त्रसित बन्यो। कुनै मानवीय क्षति नभएपनि बाढीले वस्तीको जनजीवन नराम्ररी प्रभावित पारेको छ। आइतबार बिहानै बाढी पसेको खोला किनारका वस्तीमा पुग्दा देखिएका दृश्य हुन् यी।

भिडियोमा हेर्नुस्ः

बिष्णुमति खोला फराकिलो पारेर यसै वर्ष तटबन्धन निर्माण गरिएको थियो। तर पनि बाढी बस्तीमा पसेपछि स्थानीयलाई बाँकी बर्खा कसरी कट्ला? भन्ने चिन्ता थपिएको स्थानीय विवेक शिवाले बताए। उनका अनुसार बानियाँटार क्षेत्रका मात्रै सयभन्दा बढी घरहरूमा बाढीको असर परेको छ। उक्त क्षेत्रमा आउने बाढीको पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले हिजो साँझ सचेत गराएको थियो। घर र पसलहरूमा पसेको हिलो र फोहर सफा गर्न स्थानीयलाई भ्याइनभ्याइ थियो। बानियाँटारको दीपज्योती स्कुलको आँगन बाढीले ढाकेको थियो। खोलाका पुलहरूमा समेत बाढीले सामान्य क्षति पुर्याएको छ।

 

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |