ब्ल्याकहोलको पहिलो तस्बिर पछाडीकी यी २९ वर्षीय महिला

२९ चैत्र २०७५
banner

बीबीसी। उनन्तीस वर्षीया एक कम्प्युटर वैज्ञानिकले ब्ल्याकहोलको पहिलो तस्बिर बनाउने कम्प्युटर प्रोग्राम विकास गर्न सहयोग गरेका कारण संसारभरि प्रशंसा बटुलिरहेकी छन्।

केटी बोमनले ब्ल्याकहोलको ऐतिहासिक तस्बिर सम्भव तुल्याउने कम्प्युटर प्रोग्राम बनाउन अग्रणी भूमिका खेलेकी थिइन्। घुलो र ग्यासको आभामण्डल देखिएको पृथ्वीबाट ५०० मिलियन ट्रिलियन किलोमिटरको दूरीमा रहेको ब्ल्याकहोलको सो तस्बिर बुधवार सार्वजनिक गरिएको थियो।

बोमनका लागि सो तस्बिरको निर्माण यसअधि असम्भव सोचिएको कार्य सम्पन्न गर्ने प्रयासको सार्थकता थियो। सफलताको त्यो क्षणमा बोमनलाई आफ्नो कम्प्युटरमा त्यो तस्बिर हेर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

उनले ‘ब्ल्याकहोलको पहिलो तस्बिर निर्माण हुँदै गर्दा अविश्वसनीय नजर लगाउँदै’ भन्ने भावमा फेसबुकमा लेखेकी छन्। उनले म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीमा विद्यार्थी छँदा तीन वर्षअघि त्यो प्रोग्राम बनाउन सुरु गरेकी थिइन्।

त्यहाँ बोमनले कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टिलिजेन्स प्रयोगशाला, हार्भर्ड स्मिथसोनियन सेन्टर फर अस्ट्रोफिजिक्स र हेस्ट्याक अवर्जर्भेटरीको सहयोगमा सो प्रोग्राम विकास गरेकी थिइन्।

आठ दूरबीनको सञ्जाल इभेन्ट हराइजन टेलिस्कोपले खिचेको सो तस्बिर बोमनको प्रोग्रामले एकैस्थानमा मिसाएको थियो। ‘जब हामीले पहिलो पटक त्यो तस्बिर देख्यौँ हामीलाई विश्वास नै लागेन। त्यो निकै दर्शनीय थियो’ उनले बीबीसी रेडियो फाइभ लाइभलाई बताइन्। ‘हामी मौसमका हिसाबले भाग्यशाली भयौँ.. हामी धेरै कुराले भाग्यमानी भयौँ।’

तस्बिर सार्वजनिक भएको केही घण्टामा बोमनको विश्वभरि चर्चा भएको थियो र उनी ट्वीटरमा छाएकी थिइन्। क्लालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजीमा सहायक प्राध्यापक रहेकी बोमनले भने त्यो तस्बिर आफ्नो टोलीका कारण सम्भव भएको बताइन्।

त्यो तस्बिर अन्टार्टिकादेखि चिलीसम्मका दूरबीनको सहायतामा २०० भन्दा बढी वैज्ञानिकहरूको कार्यले सम्भव भएको थियो।

ब्ल्याकहोलको तस्बिर कसरी बन्यो?

सामान्य भाषामा भन्ने हो भने बोमनको प्रोग्रामले दूरबीनबाट प्राप्त तथ्याङ्कलाई तस्बिरमा परिवर्तन गर्‍यो। गणित र कम्प्युटर विज्ञानको भाषामा उनको टोलीले अल्गोरिदम बनाएकी थिएन् जुन कुनै समस्या समाधानका निम्ति बनाइएको प्रक्रिया वा नियमहरूको समूह हो।


पृथ्वीमा रहेको कुनै पनि दूरबीनले एक्लैले ब्ल्याकहोलको तस्बिर खिच्न सक्दैन। त्यसैले आठवटा टेलिस्कोपबाट त्यो खिचिएको थियो। दूरबीनले खिचेका तस्बिरहरू सयौँ हार्डडिक्समा राखेर अमेरिकाको बोस्टन र जर्मनीको बोनमा पुर्‍याइएको थियो। ती स्थानहरूमा बोमनको अल्गोरिदम प्रयोग गरेर ती तथ्याङ्कहरूबाट एउटा तस्बिर बनाइएको थियो।


 

ताजा भिडियो

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l

प्रधानमन्त्री ओलीकाे हसिलाे सम्बाेधन | ब्रेकिङ थ्रु.. भेरी बबई डाईभर्सन | Kp Sharma Oli |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |

कुवेतमाथिकाे जितपछि खेलाडीहरुकाे प्रतिकृया | Nepal Vs Kuwait |