पहिलो पटक ब्ल्याक होलको तस्वीर सार्वजनिक, विज्ञानको क्षेत्रमा एक महत्वपूर्ण घटना

२७ चैत्र २०७५
banner

इभेण्ट होराइजन टेलिस्कोपबाट खिचिएको ब्ल्याक होलको तस्वीर

काठमाडौं– वैज्ञानिकहरु पहिलो पटक ब्ल्याक होलको तस्वीर लिन सफल भएका छन्। इभेण्ट होराइजन टेलिस्कोप नामक परियोजनाअन्तर्गत विश्वका विभिन्न ८ स्थानमा रहेका रेडियो टेलिस्कोपको सहायताबाट पहिलोपटक लिएको ब्ल्याक होलको तस्वीर सार्वजनिक गरिएको हो ।

तस्वीर सार्वजनिक गर्दै इभेण्ट होराइजन टेलिस्कोपकका निर्देशक तथा हार्डवर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता सेफर्ड डोलेम्यानले ब्ल्याक होल ब्रह्माण्डको सबैभन्दा रहस्यमय विषय भएकाले यसको तस्वीर सार्वजनिक हुनु आफैँमा महत्वपूर्ण रहेको जनाएका छन् ।

तस्वीर लिइएको ब्ल्याक होल पृथ्वीबाट ५ करोड ५० लाख प्रकाशवर्ष टाढा मेसियर ८७ तारापुञ्जको रहेको बताइएको छ । तस्वीरमा अत्यन्त भारी ब्ल्याक होलको वरिपरी ब्रह्माण्डीय धुलोका कण र ग्यासहरु देख्न सकिने जनाइएको छ ।

खगोलशास्त्रीहरुका अनुसार ब्ल्याक होल ब्रह्माण्डमा रहेको त्यस्तो स्थान हो, जहाँबाट प्रकाशसहित कुनै पनि भौतिक वस्तु उम्केर जान पाउँदैन । यसकारण ब्ल्याकहोललाई देख्न नसकिने बताइन्छ । अत्यन्त ठूलो मात्रामा गुरुत्वकर्षण शक्ति हुने भएकाले त्यहाँ कुनै पनि भौतिकशास्त्रका नियमहरु लागू हुनै नसक्ने खगोलशास्त्रीहरु बताउँछन् ।

चिली र अन्टार्कटिकादेखि स्पेनसम्म राखिएका रेडियो टेलिस्कोपको सञ्जालको सहायताबाट पहिलोपटक ब्ल्याक होलको तस्वीर सार्वजनिक हुनुलाई भने खगोलशास्त्रमा चामत्कारिक विकासको रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजा भिडियो

संचारमन्त्री बाँस्कोटाको पत्रकार शैलीमा कर्यालय छड्के ।Gokul Baskota l

विप्लवमाथि प्रचण्ड टिप्पणी | Puspa Kamal Dahal Prachanda | Netra Bikram Chand Biplab |

लालजोडी- ओली-प्रचण्डको साझा भिडियो सम्बोधन । PM KP Oli and Prachand l

सर्वेन्द्र खनालको प्रश्नः कोही भन्दा म के कम ? IGP Sarbendra khanal ।