काठमाडौं । तीन एकदिवसीय र तीनै टी ट्वान्टी क्रिकेट शृंखलाका लागि यूएई भ्रमणमा गएको नेपालले आइतबार दुबै शृंखला जित्दै भ्रमणको शुखद अन्त्य गरेको छ ।
एकदिवसीय शृंखला २–१ ले जितेको नेपाले टी ट्वान्टी शृंखला पनि २–१ ले जित्यो । जुन तरिकाले पहिलो खेलमा हार र लगातार दुई जितसहित एकदिवसीय शृंखला बिहीबार पहिलो टी ट्वान्टीमा २१ रनले पराजित भएको नेपाल दोस्रोमा ४ विकेटले विजयी भयो।
आइतबार १४ रले जित हात पार्दा नेपालले पहिलो टी ट्वान्टी शृंखला जित्यो ।
युएईविरुद्धको टी–२० सिरिजमा अविनाश बोहोरा प्लेयर अफ दी सिरिज घोषित भएका छन् । उनी आफ्नो डेब्यु सिरिजमै प्लेयर अफ द सिरिज घोषित भएका छन् ।
नेपाललाई टी–२० सिरिजको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अविनाशले टिमसँगै अर्को छलाङ मारेका हुन् । करण केसी अन्तिम खेलमा म्यान अफ दी म्याच भए ।
आइतबार दुबईमा सम्पन्न तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि नेपालले २–१ ले जित्दा अविनाशले महत्वपूर्ण भूमिका खेले ।
अविनाशले अन्तिम खेलमा दुई ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिए ।
photo: Raman Shiwakoti