१६ तस्विरमा हेर्नुहोस् कुञ्ज नाटकघरमा मञ्चन भइरहेको 'बोक्सी उद्योग'

१६ आश्विन २०७५

banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौँ। २१औं शताब्दिमा आएर पनि हाम्रो समाजमा बोक्सीको आरोपमा अहिले पनि विभिन्न डरलाग्दा घटनाहरु घटिरहेका छन्।
हिजो आज पनि त्यस्ता घटनाहरुको समाचार नआएका भने होइन।

समाजका गन्नेमान्ने भन्ने व्यक्तिहरुले बोक्सीको आरोपमा महिलाहरुलाई विभिन्न यातना दिने, दुरव्यवहार गर्ने जस्ता घटनाहरु नेपाली समाजमा ताजै छ।

विशेष गरेर दलित, उत्पीडित वर्गका एकल महिलाहरु त्यस्तो घटनाका शिकार बन्दै आएका छन्। बोक्सीकै आरोपमा उनीहरु यातना सहन नसकेर मर्न समेत बाध्य बनेका छन्। हो, यस्तै घटनामा आधारित नाटक बोक्सी उद्योग अहिले काठमाडौँमा मञ्चन भइरहेको छ।

 

 

काठमाडौँको थापागाँउस्थित कुञ्ज नाटकघरमा मञ्चन भइरहेको यस नाटकलाई पत्रकार तथा लेखक राकुमार एलनले लेखेका हुन्। नाटक हप्तामा ६ दिन साँझ ५ बजे प्रदर्शन भइरहेको छ। नाटकलाई असोज ५ गतेदेखि सुरु भएको नाटक २० गते सम्म मञ्चन हुने भनिएपनि यसलाई असोज २५ गतेसम्म प्रदर्शन गरिने बताइएको छ। कहिले हसाउने त कहिले रुवाउने यस नाटकमा कलाकारहरुले निकै मेहेनतका साथ नाटक प्रस्तुत गरेका छन्।

नाटकमा टार्जन दाहाल, दिपिका थापा, राजा केसी, प्रलाप राई, नितु पौडेल, पदम घिमिरे, प्रमिशा राई, बालानन्द मैनाली, नमस्ते दिवाकर घिमिरे, ऋषिकेश बस्याल, किरण रेग्मी, अल्बिना न्यौपाने, रोयल राया र विकास शर्माले निकै मनछुने अभिनय गरेका छन्।  जसलाई प्रभाकर देव शर्माले निर्देशन गरेका हुन् भने राजा के.सी.र पदम घिमिरेले नाटकको परिकल्पना  गरेका छन्।

 

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष