बोनस महोत्सवको तयारी अन्तिम चरणमा

१८ माघ २०७५
banner

काठमाडौं । बोनस महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

काठमाडौंको दक्षिणकाली नगरपालिकामा हुन लागेको महोत्सब भोली शनिवार हुने भएको छ। ‘पर्यटकीय दक्षिणकाली नगर, कृषि उद्यमी साँस्कृतिक सहर’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सबमा करिब ५ हजार बढी दर्शकले अवलोकन गर्ने दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले बताए।

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पर्यटनले सम्पन्न दक्षिणकाली नगरपालिका दक्षिणकाली माताको नामले नै पवित्र स्थलको नामले चिनिएको हुँदा यो ठाउँको प्रचारका लागि महोत्सब आयोजना गरिएको नगर प्रमुख बस्नेतले डिसी नेपाललाई बताए।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको हातबाट उद्घाटन हुने सो महात्सबमा बिभिन्न किसीमका खेलहरुका साथै साँस्कृतिक कार्यक्रमहरु पनि हुने भएका छन्।

अतिथिको स्वागत सत्कारका लागि बनाइएका ४ वटा होमस्टेहरु पनि भोली नै प्रमुख अतिथिको हातबाट उद्घाटन गरिने नगर प्रमुख बस्नेतले बताए।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l