बोस्टनमा राईहरुको समर पिकनिक

२९ भाद्र २०७५

banner

सुरेश चाम्लिङ्ग
बोस्टनमा । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यू इंग्ल्याण्ड च्याप्टरको आयोजनामा बोस्टनमा समर पिकनिकको आयोजना भएको छ। 

नेपालबाट अमेरिका भ्रमणमा आएका तथा अमेरिकामा बसोबास गर्दै आएका किरात राईलाई केक काटेर तथा खादा ओढाएर सम्मान गरिएको थियो।

नेपालबाट अमेरिका भ्रमणमा आएका नेपाल सरकारका पुर्व कर्मचारी तथा किरात राई चाम्लिङ्ग खाम्बातिमको पूर्व सभापति बागधन रार्इले अमेरिकामा किरात राईहरु संगठित भएर नेपालमा बिभिन्न क्षेत्रमा गरेको सहयोग अति सराहनीय रहेको बताए। 

अर्गनाइजेसनका केन्द्रिय सभापति बिष्णु राईले किरात राईहरु संगठित भएर सिर्जनात्मक कामहरु गर्नु आजको आवश्यकता बताए। 

अर्गनाइजेसनका उप सभापति मुना राईले सस्थाको मुख्य उद्देश्य मिसन २०२० रहेको र उक्त मिसनमा २०२० सम्ममा सस्थाले अमेरिकामा जग्गा खरिद गर्ने र त्यहाँ साकेला थान, चुला पुज्ने घर लगाएतका कार्य गर्ने स्थलको निर्माण गरिने बारेमा जानकारी गराएका थिए। 

नाच गान, बार्बेक्यु र बिभिन्न मनोरंजनात्मक कार्यक्रम  गरिएको उक्त पिकनिकमा बोस्टन लगाएत न्यूयोर्क, मेरी ल्याण्ड, कनेक्टिकट, न्यू हेम्प्शायर लगाएतका राज्यबाट किराती राईहरुको सहभागी रहेको थियो। कार्यक्रमको सभापतित्व अर्गनाइजेसनका न्यू इंग्ल्याण्ड च्याप्टर सभापति  मुक्ति नारायण राईले गरेका थिए भने सञ्चालन सल्लाहकार धौल बीर राईले गरेका थिए। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »