बेहुली बनेर चिहानमा पुगिन् युवती, जब सच्चाई थाहा भयो सबै रुन थाले

२५ आश्विन २०७५

banner

एजेन्सी। अमेरिकाको इण्डियाना राज्यमा केही समय अगाडि एक चिहान एक महिलालाई बेहुलीको भेषमा देखेर सबै चकित परे। ती बेहुली एक चिहान अगाडि उभिएर फोटो खिचिरहेकी थिइन्। मानिसहरुले सुरुमा  त यसलाई हाँसिमजाकमा उडाए तर, सच्चाई थाहा पाएपछि सबै भावुक भए। 

ती युवती जुन दिन त्यहाँ पुगेकी थिइन्, त्यही दिन उनको विवाह हुने तय भएको थियो। तर बेहुला उनको साथमा थिएनन्। उनको हुनेवाल बेहुलाको केही समय अगाडि एक दुर्घटनामा परी मृत्यु भएको थियो। तर उनले आफ्ना हुनेवाला बेलुकाको निधन भएपनि उनलाई बिर्सिन सकिनन्। र आफ्नो विवाव हुने दिन उनी उक्त चिहानमा पुगेकी थिइन्।

यो कथा लुगुटी सरहकी जेसिका पेगेटको हो, जसको विवाह २९ सेक्टेम्बर २०१८ मा उनका ब्वाइफ्रेण्ड केंडल मर्फीसँग हुने तय भएको थियो। उनी फायरब्रिगेडका कर्मचारी हुनुकासाथै इस्योरेन्स कम्पनीमा पनि काम गर्थे।

विवाह तय भएको केही दिनपछि १० नोभेम्बर २०१७ मा उनको एक दुर्घटनामा निधन भयो।  नशामा लठ्ठ ट्रक डाइभरले मर्फीको कारलाई ठक्कर दिए जसका कारण मर्फीको निधन भयो।

यो दुर्घटना पहिला उनीहरुले विवाहको तयारी सुरु गरेका थिए। र, फोटो खिच्न एक फोटोग्राफरलाई पनि हायर गरेका थिए। केंडलको निधनपछि फोतोग्राफरले आफ्नो बुकिङ क्यान्सिल हुन्छ होला भन्ने ठानेका थिए। तर जेसिकाले त्यस्तो गरिनन्। र विवाहको दिन उनलाई फोटो खिच्न आउन भनिन्।

हुनेवाला श्रीमानाको निधन भएको दश महिनापछि त्यो दिन आयो जुन दिन उनीहरुको विवाह हुने तय भएको थियो। तर केंडल यो दुनियामा थिएनन्। तर जेसिका आफ्नो सपनाको राजकुमारसँग विवाह गर्न चाहन्थिन्। त्यही भएर जेसिका बेहुलीको भेषमा सजिएर त्यहाँ पुगिन् जहाँ उनका हुने वाला श्रीमान चिर निन्द्रमा सुतिरहेका थिए। 

केंडलको चिहानमा जानलाई जेसिकाले परम्परागत सेतो गाउन लगाएकी थिइन्। जब उनी केंडलको चिहानमा पुगिन् तब अब आफ्नो हातमा रहेको फुलको गुच्छा चिहानमाथि राखिन्। त्यसपछि उनी घुँडो टेकेर चिहान अगाडि बसेर रुन थालिन्। अनि जेसिकाले भनिन्–म पनि त्यँही जान चाहन्छु, जहाँ तिमी गएका छौ।’

त्यसक्रममा जेसिकाका परिवारका सदस्य र अन्य साथीहरु पनि त्यहाँ पुगेका थिए। जेसिकाले त्यहाँ केंडलको एउटा फोटो पनि लिएर गएकी थिइन् जहाँ उक्त फोटोसँग उनले फोटो शेसन गराइन्।


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »