चर्चित बलिउड फिल्म लेखकको मृत्यु, आफ्नाले बेवास्ता गरेपछि अनाथजस्तै त्यागे प्राण

२९ भाद्र २०७५
banner

मुम्बइ। बलिउडका चर्चित फिल्म लेखक ब्रिज कात्यालको मृत्यु भएको छ । उनी रेक्टल क्यान्सरबाट पीडित थिए । ८५ वर्षका उनी मुम्बइको बान्द्रास्थित च्यारिटी अस्पतालमा आफ्नो उपचार गराइरहेका थिए । उनको पार्थिव शरीरलाई खण्डाला लगिएको छ जहाँ उनको अन्तिम संस्कार हुनेछ । ब्रिज कात्यालका नजिकका आफन्तका अनुसार उनको यस्तो हालतको कारण उनको पुत्रमोह हो । उनले आफ्नो मेहनतको कमाइ सबै छोरालाई दिइरहे तर उनका छोराबुहारीले उनको उपचारसमेत राम्रो डाक्टरबाट गराएनन् ।

उनले एक युवकलाई धर्मपुत्र बनाएका थिए । यी छोरालाई उनले यति माया गर्थे कि आफ्नो सारा सम्पत्ति उनैको नाममा गरिदिएका थिए । तर अन्तिम समयमा यस्तो अवस्था आयो कि छोराबुहारीले उनको कुनै वास्ता गरेनन् । उनी सधैं आफ्ना छोराबुहारीसँग बस्न चाहन्थे तर उनको यो इच्छा कहिल्यै पूरा भएन । उनले लेखेको फिल्ममा शशी कपुर, अमिताभ बच्चन लगायत कैयौं सुपरस्टारले काम गरेका छन् । 

कात्यालले अमिताभ बच्चनका अजूवा, ये रात फिर ना आएकी, विश्वास, शशी कपुरको जब जब फूल खिले लगायतका सुपरहिट फिल्मको स्क्रिप्ट लेखेका थिए । ब्रिजको अन्तिम शो आशिक बीबीका थियो । यो एक कमेडी शो थियो । उनले लेखेको टिभी सिरियल सांसका काम गरिसकेकी अभिनेत्री नीना गुप्ताका अनुसार उनीहरुले ब्रिजलाई एउटा घर बेचेर उपचार खर्च जुटाउन भनेका थिए तर उनले मानेनन् बरु सबै सम्पत्ति छोराको नाममा गरिदिए ।

ताजा भिडियो

घुस संवाद भित्र छिर्दा...। Raj Narayan Pathak l Ghus Kanda l

प्रचण्डको उद्घोषः यो नबिर्सनु कि, मैले अड्डी कसेँ भने धेरै कुरा हुन्छ । Prachanda Speech l

मारुनीको शुभमूर्हतमा साम्राज्ञी र पुष्पको यस्तो केमेष्ट्री | Samragee Rl Shah | Puspa Khadka |

नायिका बर्षा राउत र संजोग कोइरालाको बिवाहको रौनक | Barsha and Sanjog Marriage |