धमाधम मासु खान छोड्दै बेलायती नागरिक, दूधजन्य पदार्थ पनि छोडे

१९ कार्तिक २०७५
banner

एजेन्सी। बेलायतका नागरिगको खानपिनमा ठूलो परिवर्तन आएको छ । एक रिपोर्टका अनुसार देशका हरेक ८ जनामा एक जना शाकाहारी छन् । कूल जनसंख्याको एक तिहाइ नागरिकले मासु खान छोडेका वा कम गरेका छन् । खानामा कुनै किसिमको पाबन्दी नगर्ने २१ प्रतिशत नागरिकले पनि शाकाहारमै जोड दिन्छन् । उनीहरु खास अवसरमा मात्र मासु खान्छन् । 

यहाँको एक सुपरमार्केट चेन भेट्रोसले गरेको अध्ययनअनुसार यहाँका नागरिकले माछामासुसँगै दूधजन्य उत्पादन पनि छोड्दै गइरहेका छन् । उनीहरुले पृथ्वीको वातावरणको संरक्षण गर्न यस्तो गरेका हुन् । अध्ययनअनुसार उनीहरुले धेरै जनावर हुँदा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्ने भएकोले जनावरको उत्पादन कम गर्न मासु र दूध छोडेका हुन् । 

पशुपन्छीजन्य खानेकुरा खान कम गर्दै गएपछि यसले पशुहरुको माग स्वतः कम हुने र पशुको संख्या घटेपछि कार्बनडाइअक्साइडको उत्सर्जन पनि कम हुने बेलायतीहरुको विश्वास छ । यसो गर्दा बिरुवाजन्य खानेकुराको माग बढ्छ । यसका लागि वनस्पति धेरै चाहिन्छ । वनस्पतिले कार्बनडाइअक्साइड लिएर खाना बनाइ अक्सिजन उत्सर्जन गर्ने हुँदा यसले वातावरणको संरक्षण हुने उनीहरुको दावी छ । 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l