नगरपालिकाद्वारा बस दुर्घटनाका घाइतेका लागि राहत कोष स्थापना

२० मङ्सिर २०७५
banner

डोटी । शिखर नगरपालिका डोटीले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा यहि मंसिर ६ गते भएको दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको छ।

बुधबार शिखर नगर कार्यपालिकाको वैठकले दुर्घटनामा परी घाइते भएका शिखर नगरपालिका भित्रका घाइतेहरुको थप उपचारका लागि उक्त निर्णय गरेको शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले बताए।

बुधबार बसेको बैठकमा शिखर नगरभित्रका जन प्रतिनिधिहरुले २ दिनको पाउने सेवा र कर्मचारीहरुले एक दिनको पाउने सेवा बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख जोशीले बताए।

साथै शिखर नगरपालिका ४ घर भइ हाल अमेरिका बस्दै आएका टेक जोशीले घाइतेका लागि पठाइएको २० हजार रकम गम्भीर घाइते राधिका धामी र महादेव रावतलार्इ दिने निर्णय गरेको उनले बताए।

बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए। जस मध्य शिखर नगरपालिका घर भएका ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका थिए।

दुर्घटनामा परेका घाइतेहरुको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

ताजा भिडियो

'घाममा सुकाइदेउ' गीतका गायक गायिकाबीच चल्यो पोल खोल्ने होड | Samir Acharya | Biddya Tiwari |

मेलम्ची खानेपानी : संसदमा उठ्याे प्रश्न, भ्रष्टाचारकाे प्राेजेक्सन वा कमिसन खाने खेल ? Bina Magar ।

'लुट्न सके लुट' मा प्रधानमन्त्रीकाे प्रतिकृया । Lutna Sake Lut । PM Kp Oli ।

भित्तामा फोटो हाल्ने नेता भेटिन : भुवन केसी । Interview with Bhuwan KC ।