बस दुर्घटना अपडेट : १४ जना घाइते (नामावली सहित)

२८ फाल्गुन २०७५
banner

चन्द्रकान्त न्यौपाने,तौलिहवा । कपिलवस्तुको जीतपुर चारनम्बरमा मंगलबार साँझ भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन्। कपिलवस्तु सामुदायिक अस्पताल अगाडी यात्रुबाहक बस दुर्घटनामा परेको हो।

जीतपुर चारनम्बर सडकखण्डमा चल्ने ग १ ख २८९१ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। बसमा सवार यात्रुको उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको बताइएको छ।

बस दुर्घटनामा वाणगंगा ९ निवासी निशा थारु, बुद्धभूमि २ कि भावना सेन थापा, बुटवल देवीनगरकी प्रेमकला गौतम, मोहन थारु, वाणगंगा १० का बनस रजिया, चिन्कि थारु, सोही स्थानका रमपतिया थारु, बुटवल देवीनगरकी लक्ष्मी गौतम, सिता गौतम, कपिलवस्तु नगरपालिकाकी बमैली स्तरउती, बुटवल ११ की रिता गौतम, सिमरीकी माया चौधरी रहेका छन।

उनीहरु सबैको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

ताजा भिडियो

संसदमा रामनारायण विडारी : के अब नारा नै लगाउन पर्ने हाे ? Ram Narayan Bidari || Samsad Baithak ||

के भन्छन् सिके राउतका राइट हेन्ड ? Chandan Shingh l CK Raut l

भ्रममा को ? सिके राउत कि कार्यकर्ता ? CK Raut l

सिके राउतका कार्यकर्ताले अझै छाडेनन् स्वतन्त्र मधेशको नारा | CK Raut | Janmat Party |