ओखलढुङ्गा बस दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाईते

२५ अषाढ २०७६
banner

प्रतिनिधिमुलक तस्बिर

काठमाडौँ । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको रात्रि बस ओखलढुङ्गामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परी १५ जना घाइते भएका छन्। 

काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्गमा पर्ने ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ डढुवामा आज बिहान साढे ३ बजेतिर दुर्घटना हुँदा चालकसहित ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका डिएसपी पुष्प मल्ल डिसी नेपाललाई बताए ।

बस दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा झापाका ३० वर्षीय चालक कृष्ण बहादुर बस्नेत, सिन्धुलीका ३४ वर्षीय लाल बहादुर धामी र सोलुखुम्बुकी ३३ वर्षीया मैयाँ थापा रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाईते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याईएको छ भने अन्य घाईतेको उदयपुरको घुर्मीका अस्पतालमा उपचार भईरहेको छ ।

निरन्तर वर्षाका कारण उक्त बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेपनि दुर्घटनाको खास कारणभने खुल्न बाँकी छ ।

ताजा भिडियो

भवन भट्ट बचनमा पक्का हुनुहुन्छ, मलाई 'अबको अध्यक्ष तपाँई नै हो' भन्नुभाछ- Kumar Panta । NRNA l

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l