तीर्थयात्री बोकेको बसलाई ट्रकले हिर्कायो, घटनास्थलमै २ जनाको मृत्यु, २१ घाईते

२८ जेठ २०७६
banner

काठमाडौ । रौतहटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ। 

भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट जनकपुर हिँडेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका २ भारतीय नागरिकको मृत्यु भएको हो । 

दुर्घटनामा परी ज्यान गुमाउनेमा भारतको ओडिसाका ५२ वष विजयकुमार देना र ५४ वर्षका चरण विशालको ज्यान गएको हो। 

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

ताजा भिडियो

प्रम ओली माथि देउवाको औंला- हामी बोल्दा खै प्रधानमन्त्री ? हेप्न पाइन्छ ? Sher bahadur deuba l

काँग्रेसले निहुँ खोज्यो भन्दै पत्रकार सम्मेलनमा यसरी प्रस्तुत भए प्रधानमन्त्री KP Oli l Highlight l

धमलालाई प्रधानमन्त्रीको हमला-तपाँइले हैन संस्कृतिको मुटुमा छुरा हानियो भन्या? PM Oli and Dhamala l

संसदमा हंगमा पछि कसले के प्रतिकृया दिए ? देउवा देखि बाबुराम अनि सुवास नेम्वाङ र अन्य नेता । Samsad l