दिल्लीमा सिए पढ्दै गरेकी फ्यान कृतज्ञा अर्यालले बनाइन् शृङ्खलाको यस्तो स्केच

१ पौष २०७५
banner

नयाँ दिल्ली। स्याङ्जा वालिङ्की कृतज्ञा अर्याल चार्टर एकाउन्टेन्टकी बिद्यार्थी हुन् । हाल उनी अध्ययनको लागि भारतको राजधानी दिल्लीमा छिन्। उनलाई पढ्न संगै आर्ट गर्न र गित गाउन धेरै मन पर्छ।

आर्ट आफ्नो विषय नभएता पनि फुर्सद हुँदा थोरै थोरै गरेर उनले स्क्रेच बनाउने गर्छिन् । “ आर्टमा मलाई डुब्न मन लाग्छ किनभने यसबाट मान्छेको भावना थाहा पाइन्छ, आर्ट गरेर कसैलाई गिफ्ट दिन पाउँदा मलाई खुशी लाग्छ ”। उनले भनिन्।  

     

हालै मात्रै कृतज्ञाले बनाएको मिस नेपाल तथा मिस वर्ल्डकि प्रतिस्पर्धी शृङ्खला खतिवडाको स्केच अहिले सामाजिक संजालमा धेरैले मन पराएका छन् । कृतज्ञा शृङ्खलाकि फ्यान हुन् । शृङ्खला राम्री संगै धेरै कुरामा ट्यालेन्ट भएको हुँदा आफुलाई अत्यन्तै मन पर्ने बताउछिन्।शृङ्खला यो स्थान सम्म आउनुको प्रमुख कारण मिहेनत र उनको ट्यालेन्ट भएको कृतज्ञाले बताइन्।

 

यो क्षेत्रमा समय धेरै चाहिने तर आफु पढ्ने विद्यार्थी भएकोले प्राप्त  समय नुहुने हुँदा चाहेका धेरै कुराहरू आर्टमा उत्रान नसक्ने उनको गुनासो छ । शृङ्खलासंगै  हालसम्म उनले  आफ्ना  मिल्ने साथीहरु,हजुरमुमा,अंकल,अन्टि मामा,माइजू ,लगायत आफुलाई मन पर्ने नेपाली नायक आकाश श्रेष्ठ ,हिन्दी नायक सलमान खानको स्केच बनाएकि छन्।

आफुले आर्ट सम्बन्धी थप सिकेर भविस्यमा यसलाई  सानो व्यवसायीक क्षेत्रमा पनि लैजाने कृतज्ञाको सोंच रहेको छ।

हेर्नुस् उनले बनाएका  केही स्केचहरु:

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l