६० हजार घुससहित सहायक वन अधिकृत अख्तियारको फन्दामा

१८ कार्तिक २०७५
banner

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यलयको टोलीले उदयपुरस्थित सब डिभिजन वन कार्यालय नेपालदटारमा कार्यरत सहायक व अधिकृत सत्यनारायण साह रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ । 

उनलाई उदयपरको त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित सम्पर्क कार्यालयबाट पक्राउ गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनले पक्राउ परेका सहायक वन अधिकृत रौनियार हाल अख्तियारको हिरासतमा रहेको जानकारी दिए ।

उनले यो विषयमा अनुसन्धान चलिरहेको बताए । 

उनका अनुसार सामूदायिक वन उपभोक्ता समितिको काठ लगत गरी घाटगद्दी समेत गरी सकेकोमा घाटगद्दीमा रहेको काठको टुनटुक्राको घाटगद्दी मिलाई दिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासबाट खटिइ गएको टोलीले उनलाई साठी हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं १२ स्थित सम्पर्क कार्यालयबाट आइतबार पक्राउ गरेको हो ।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l