अचानक छोरी रोएपछि दौडेर जाँदा कोठामा कोही थिएन, निकै भयानक थियो रुनुको कारण

२५ आश्विन २०७५

banner

एजेन्सी। अमेरिकामा एक जोडीको लागि एक रात निकै भयानक भयो । उनीहरुले बच्चाको कोठामा क्यामेरा राखेका थिए । त्यो क्यामेराको मनिटरबाट अनौठो आवाज आउन थाल्यो । जब उनीहरुले मनीटरमा हेरे क्यामेरा आफैं घुमिरहेको थियो । साथमा कुनै एक व्यक्ति चिच्याइरहेका थिए । उनीहरु दौडेर छोरीको कोठामा गए तर त्यहाँ कोही थिएन् । तर, त्यही बेला क्यामेरा उनीहरुतर्फ घुम्यो र क्यामेराको स्पिकरबाट भयानक आवाज आउन थाल्यो । आवाज रोक्न उनीहरुले क्यामेरा नै बन्द गरिदिए । 

ओहियोको हेब्रोन शहरको हो । यहाँ हीदर शेरेक र उनका पति एडमले १० महिनाकी छोरी एम्मालाई सुताएर आफ्नो कोठामा गएका थिए । आधा रातमा एम्माको कोठाबाट आवाज आउन थाल्यो । यो आवाज उनीहरुकी छोरीको नभइ कुनै पुरुषको थियो । उनीहरुले मनिटरमा हेर्दा क्यामेरा आफैं घुमिरहेको थियो । कोही पुरुष जोड जोडले चिच्याइरहेको थियो । अन्ततः उनीहरुले क्यामेरा नै बन्द गरिदिए । 

यो घटनाको पछाडिको वास्तविकता निकै खतरनाक भएको अनुसन्धानबाट खुल्यो । यो क्यामेरा इन्टरनेट जडित थियो र कसैले क्यामेरा नै ह्याक गरेको थियो । त्यही व्यक्तिले क्यामेरा आफैं घुमाउने र आफ्नो आवाज यहाँ पठाइरहेको थियो । त्यो व्यक्तिले पूरै घरका क्यामेरा ह्याक गरेर पूरै घरको निगरानी गरिरहेका थिए । यसरी घरका सबै कुरा हेरेर घरमा चोरी वा अन्य घटना हुने खतरा थियो । क्यामेरा कसले ह्याक गरेको थियो भन्ने थाहा हुन सकेको छैन । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »