कारको ठक्करबाट पसलमा बसेकी एक महिलाको ज्यान गयो, तीन घाइते

२० कार्तिक २०७५

banner

बाँके । बाँकेमा सोमबार बेलुका एउटा कारको ठक्करबाट सडक छेउमा बसिरहेकी एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ३ जना घाईते भएका छन्। अरु तीनजना घाइते भएका छन्। 

बा १५ च ७१५० नम्बरको कारले ठक्कर दिँदा खजुरा –३, कि ५५ वर्षीया अमृता ओलीको ज्यान गएको  हो भने २९ वर्षीया अनिता भण्डारी, ३ वर्षीया अमृता भण्डारी र ९ महिने बालक प्रबल भण्डारी घाइते भएका छन्। 

नेपालगञ्जबाट बर्दिया जाँदै गरेको कारले सडक किनारमा रोकिएको अटोलाई ठक्कर दिएपछि त्यसले नजिकै फलफूल पसलमा बसिरहेकाहरु घाइते भएका हुन्। ओलीको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

Leave a reply

HTML Tags are not supported

Post My Comment »