समाजसँग बदला लिन यी व्यक्तिले उठाए खतराक कदम, ११ जनाको मृत्यु ५० बढी घाइते

२९ भाद्र २०७५

banner

एजेन्सी । एक व्यक्तिले समाजसँग बदला लिनका लागि खतरनाक कदम उठाएका छन्। घटनामा ११ जनाको ज्यान गएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन्। 

यो घटना चीनको हुनान प्रान्तको हो। सन्तुलन गुमाएको एक व्यक्तिले हुनान प्रान्तको हेंगडान्ग काउन्टीको भिडमा आफ्नो काम कुदाएका थिए। यस आक्रमणमा ११ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएको समाचारमा जनाइएको छ। 

प्रहरीले आक्रमणका दोषी ५ वर्षीय यांग जेनयुनलाई पक्राउ गरेको छ। यस हमलामा कुनै आतंककारीको लिंग नरहेको त्यहाको सुरक्षा अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

मानिसको भिडमा कार कुदाएर मात्र चित्त नबुझेपछि ती व्यक्तिले कारबाट झरेर व्यक्तिमाथि अन्धाधुन्द चक्कु प्रहार गरेका थिए। यी व्यक्तिले यसअघि पनि कयौँ मुद्दामा जेल सजाय काटिसकेका छन्। प्रहरीका अनुसार ती व्यक्तिले समाजसँग बदला लिनका लागि यस्तो कदम उठाएका थिए।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »