चाबहिल–साँखु सडकखण्डः पानी परेपछि 'पानी जहाज चल्छ' (फोटोफिचर)

२५ अषाढ २०७६
banner

सबै तस्विर: आर्यन धिमाल

काठमाडौं। काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ। पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग्नु परिरहेको छ।

सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडीले सडकछेउका पसलमा पूरै हिलो र पानी छ्यापिदिन्छ। बौद्धका व्यापारी तथा बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले सडकको अवस्थाका कारण व्यापार घट्नुको साथै पसलका सामग्रीसमेत हिलोले काम नलाग्ने बनाएको भन्दै गुनासो गरे।

 

 

दिनहुँ सोही सडक प्रयोग गर्ने सर्वसाधारणको समस्याको भने अझ कष्टकर भएको छ। सडकको हिलो पानी र पैदलसम्म हिड्न नसक्ने गरी जमेको पानीले हैरानीमा पर्ने गरेको उनीहरू बताउँछन्।

म्याद सकिए पनि पटक–पटक म्याद थप गर्दै ठेकेदार कम्पनीलाई सडक विस्तारको जिम्मा लगाएको भए पनि कामले गति लिनसकेको छैन। सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ जेठमा सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो।

 

 

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तार गरिरहेका छन्। सडक निर्माणमा बिलम्व भएको भन्दै थप एक कम्पनीसहित सडक निर्माणको काम शुरु गरेको भए पनि सडक विस्तारको कामले भने अझै गति लिनसकेको छैन।

 

 

ठेक्का दिएको मितिदेखि आर्थिक वर्ष २०७४/७५ मा आयोजना सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुआब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल लिकेज भई सडक सतहमा पानी बग्नेजस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेका छन्।

ताजा भिडियो

प्रतिक्रियावादीले दिमाग खराब गरे : प्रचण्ड | Puspa Kamal Dahal | Prachanda |

संसद अबरूद्ध : बाहिर योगेश भट्टराई र सेरबहादुर देउवाबीचको जुहारी | Samsad Baithak |

बाढीले पुल बगाएपछिको बेहाल अवस्था । भप्सी खोला पुल । Flood in Nepal l

देशभर बाढीको कहर : प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन | Flood In Nepal |