ब्रसेल्समा चिनियाँ जासुस सक्रिय भन्ने बिषयको चीनद्वारा खण्डन

२७ माघ २०७५
banner

ब्रसेल्स । बेल्जियमका लागि चिनियाँ राजदूताबासले स्थानीय सञ्चारमाध्यमद्वारा ब्रसेल्समा चिनियाँ जासुुस सक्रिय रहेको भनी आएका पछिल्ला खबरहरू आधारहीन रहेको यसको आइतबार खण्डन गरेको छ । 

केही सञ्चारमाध्यमले ‘ब्रसेल्समा २५० चिनियाँ जासुस सक्रिय रहेको’ भनी दिएका खबर भ्रामक तथा कपोलकल्पित भएको ब्रसेल्सस्थित चिनियाँ राजदूताबासका प्रवक्ताले बताए । 

दूतावासले भनेको छ, “जासुसबारेका रिपोर्ट विल्कुल कपोलकल्पित तथा आधारहीन छन् ।” 

चीन र बेल्जियमबीच निरन्तररूपमा सम्बन्ध विकसित बन्दै गएको र सबै क्षेत्रको सहकार्य फलदायी रहेको चीनले बताएको छ । चिनियाँ दूताबासले आइतबार जारी विज्ञप्तिमा आगामी दिनमा बेल्जियम लगायत यस क्षेत्रका सबै मुलुकसँगको सम्बन्धलाई आपसी सद्धभाव तथा लाभका लागि थप प्रगाढ बनाएर लान चीन प्रतिवद्ध छ भनिएको छ । 

केही गैरजिम्मेवार अभिव्यक्ति जसले चीन र बेल्जियमबीचको सम्बन्धमा विवाद सिर्जना गर्न खोजिएको छ यसमा कोही सफल नहुने उनको भनाई छ । (रासस/सिन्ह्वा)

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l