कहाँ हराईन यी सुन्दरी अभिनेत्री ?

२९ भाद्र २०७५
banner

एजेन्सी । चीनकी लोकप्रिय तथा धनी अभिनेत्री फ्यान बिंगबिंग अचानक बेपत्ता भएकी छन् । १ जुलाईमा बालबालिकासँग एक अस्पताल गएपछि उनी बेपत्ता भएकी हुन् । 


बिंगबिंगले २०१४ मा हलिउड फिल्म ‘एक्स मेन: डे अफ फ्यूचर पास्ट’ मा काम गरेकी थिइन् । यसका साथै उनले ५० भन्दा बढि अन्तर्राष्ट्रिय र चिनियाँ फिल्ममा काम गरेकी छन् । 


चीनकी अभिनेत्री तथा गायीका बिंगबिंगका फ्यान चीनमा मात्र नभएर विश्वभर छन् । तर चीनका अधिकारीले बिंगबिंगलाई सेलिब्रटीजको वरियतामा शुन्य अंक दिएका छन् ।

यसबाट चिनियाँ अधिकारीले उनको गिरफ्तारी गरेको हुन सक्ने आशंका बढेको छ । 
केही महिना पहिला बिंगबिंगमाथि ट्याक्स छलेको आरोपसमेत लागेको थियो । तर उनको स्टुडियोले सो आरोपको खण्डन गरको थियो । उता चिनियाँहरुले बरियतामा शून्य हुनु र यस्तो आरोप लाग्नुलाई जोडेर हेरेका छन् । 


उनी गिरफ्तार भएको भन्ने एक सञ्चारमाध्यममा समाचार पनि प्रकाशित भएको थियो । समाचारमा बिंगबिंगलाई गिरफ्तार गरिएको र उनी कानुनी लडाईमा रहेको उल्लेख गरिएको थियो । 

ताजा भिडियो

प्रधानमन्त्री भर्सेज मुख्यमन्त्री । केन्द्र भर्सेज प्रदेश सरकार । संघीयता कार्यान्वयनमा असमझदारी ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l

सरकारको एक वर्ष : नेपाली कांग्रेसको समिक्षा । Nepali Congress ।