क्वाटरफाइनलमा बार्सिलोना र म्यानयू तथा सिटी र टोटेनहम भिड्ने

१ चैत्र २०७५
banner

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

युईएफएले शुक्रबार निकालेको क्वाटरफाइनल ड्र मा लियोनल मेस्सी रहेको बार्सिलोनाले पाउल पोग्बा रहेको युनाईटेड प्रतिद्वन्दी पाएको हो ।

यस्तै क्रिस्टियानो रोनाल्डोको टिम युभेन्ट्सले सहज प्रतिद्वन्दी नेदरल्याण्डको आयाक्स पाएको छ । इन्ग्लिश क्लब लिभरपुलले पनि तुलनात्मक सहज प्रतिद्वन्दी पोर्चुगिज क्लब पोर्टो पाएको छ ।

त्यस्तै क्वाटरफाइनलमा दुई इन्ग्लिश क्लब म्यानचेस्टर सिटी र टोटेनहमले प्रतिस्पर्धा गर्ने छन् ।

क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९ र १० मा हुनेछ । यस्तै दोस्रो लेग १६ र १७ अप्रिलमा हुनेछ । 

ताजा भिडियो

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |

आगो भए गगन थापा । संसदमा गुठी विधेयकको चर्काचर्की । Gagan Thapa l Samsad Baithak l

गुठी विधेयकः सरकारका प्रवक्ताको अभिव्यक्ति आगोमा घिउ । Guthi l Gokul Baskota l