योगी आदित्यनाथ : सम्मानका पुरा हकदार

१४ मङ्सिर २०७५

banner

चन्द्रदेव ओझा

हरेक वर्ष धुमधामका साथ जनकपुरमा मनाईने विवाह पञ्चमी यो साल प्रमुख अतिथिको रुपमा उत्तर प्रदेशका माननीय मुख्यमन्त्री योगी आदित्यनाथ जी आउँदै हुनुहुन्छ।

‘हिन्दुराष्ट्र नेपाल’ नामक पुस्तकका लेखक तथा प्रकाशक योगीले नेपालको धार्मिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान दिनु भएको छ। सिंगो अखण्ड, स्वतन्त्र र सार्वभौम नेपालको भूगोल भन्दा ठूलो भूगोल ओगटेको र २२ करोडभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेशको मुख्यमन्त्री रहनु भएका योगी भाजपाका प्रमुख सशक्त नेतृत्वको रुपमा भारतभर मान्ने गरिन्छ। नेपाल र नेपालीलाई असाध्यै माया गर्ने योगीसंग यस्तो कुनै नेपाली छैन जो गोरखनाथ मन्दिर गोरखपुरमा उहाँलाई भेटेपछि प्रभावित नभएको होस्। जानकारी योगी आदित्यनाथ जी महाराज अर्थात् उत्तर प्रदेशका माननीय मुख्यमन्त्री योगी आदित्यनाथको संक्षिप्त यस्तो रहेको छ।

उत्तराखण्ड राज्यको पौडीगढवाल स्थित पन्चुरमा सन् १९७२ जून ५ मा श्री आनन्द विष्ट, श्रीमती सावित्री देवीको पुत्रको रुपमा आनन्द विष्ट नामको एउटा वालक जन्मिए जस्ले पछि सन्यासी जीवन धारण गरे र योगी आदित्यनाथ भए। गणित विषयमा बिएस्सी गरेका योगी एमएस्सी पढ्ने शिलशिलामा गुरुगोरखनाथको सोध गर्न गोरखपुरमा आउनु भयो र त्यही उहाँको सम्पर्क महन्त अवैद्यनाथ जी महाराजसंग सन् १९९३ मा भयो। सन् १९९४ मा सन्यासी बन्नु भएका योगी सन् २०१४ को १२ डिसेम्बरमा जव महन्त अवैद्यनाथ जी महाराजको निधन भयो त्यसको २ दिन पछि उहाँलाई नाथपंन्थको पारम्परिक अनुष्ठान अनुसार मन्दिरको पिठाधिश्वर बनाईयो।

सन् १९९८ मा गोरखपुरबाट भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवारी दिइ विजयी भएका योगी भारतीय तत्कालिन लोकसभामा उमेरले २६ वर्ष मात्रै अर्थात् सबैभन्दा कम उमेरका युवा सांसद बन्नु भयो भने सन् १९९९ मा पनि सोहि क्षेत्रबाट निर्वाचित हुनुभयो। यसैगरी सन् २००९ र सन् २०१४ को निर्वाचनबाट लगातार २ लाख मत अन्तरले प्रमुख प्रतिद्वन्द्वी लाई पराजित गर्दै सोहि क्षेत्रबाट योगीले विजय प्राप्त गर्नु भयो। सन् २०१७ को १९ मार्चमा भारतीय जनता पार्टीको उत्तर प्रदेश विधायक दलको नेता भए संगै योगी उत्तर प्रदेश मुख्यमन्त्री बन्नु भयो।

योगी आदित्यनाथ ले सन् २००२ को अप्रिलमा ‘हिन्दू युवा बाहिनी’ भन्ने संगठन पनि निर्माण गर्नु भएको थियो। उहाँलाई सन् २००८ को ७ सिताम्बरमा एक सयभन्दा बढी गाडिलाई घेरेर उत्तर प्रदेशको आजमगढमा आक्रमण गरि ज्यानमार्ने दुष्प्रयास गरियो जसबाट उहाँ बाच्न सफल हुनुभयो जस्को कारण थियो गोरखपुरमा मुस्लिम तिहार मुहर्रममा फायरिंग गरि एक हिन्दु युवाको मृत्यु भएको र त्यसपछि भड्किएको गोरखपुर दंगामा योगी आदित्यनाथको हात रहेको केहिको बुझाई थियो किनकी योगी आदित्यनाथ मृतकलाई भेट्न चाहन्थे तर जिल्ला अधिकारीले एकातिर कर्फ्यु लगाए र अर्कोतिर योगीलाई भेट्न पनि रोक लगाए।

दोस्रो दिन जब योगीलेबिच शहरमा श्रद्धाञ्जली सभाको घोषणा गर्नुभयो त्यसलाई पनि जिल्ला अधिकारीले अनुमति दिएन उल्टै रोक लगाउदै कर्फ्यु जारी राखे, त्यसका बाबजुद हजारौं समर्थकका साथ योगी श्रद्धाञ्जलीका लागि निस्कदा उहाँलाई गिरफ्तार गरियो। जव योगीलाई पक्रियो मुम्बई(गोरखपुर एक्सप्रेस ट्रेनका ६ डब्बाहरु जलाईए। पूर्वी उत्तर प्रदेशका गोरखपुर बाहेकका अन्य ६ जिल्लामा समेत यसरी दंगा फैलियो कि मुलायम सिं यादव सरकार योगीका अगाडि घुटा टेक्न बाध्य भयो। जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गर्दै योगीलाई हिरासत मुक्त गर्न वाध्य भयो।

यसमा कुनै सन्देह छैन योगी आदित्यनाथ एक लोकतांत्रिक विचारमा आस्था राख्ने महन्त हुनुहुन्छ। त्यहि अनुरुपको उहाँको जीवनशैली रहँदैआएको छ। योगी आदित्यनाथको विचारमा भरतखण्डका सबै देशहरू पवित्र हिन्दू भूमिहरु हुन्। हिन्दू वा हिन्दुत्व कुनै जात, मजहम वा धर्म नभइ एक पवित्र सोच,संस्कार र संस्कृति हो जो समस्त प्राणीको संरक्षण पनि गर्दछ।

जतिसुकै हिन्दूअतिवादी र कट्टर हिन्दुवादी भनेर प्रचार गरिएता पनि योगी एक यस्तो महन्त हुनुहुन्छ जो सधैं अन्याय, अत्याचार, भ्रष्टाचार, कुशासन, चोरी, डकैती, हत्या, हिंसा, बलत्कार जस्ता अपराधिक कार्यका विरुद्ध सधैं दृढ रुपमा उभिनु भयो। आजको भारतीय। राजनीतिक वृत्तमा भारतीय जनता कसैलाई सबै भन्दा बढी मन पराउँछन् भने त्यो योगी आदित्यनाथ नै हुनुहुन्छ।

योगीप्रति जनताको बढ्दो आकर्षण देखेरे नै भारतीय प्रधानमन्त्री मोदीले सन् २०१९ को निर्वाचन पछि पनि आफ्नो पद सुरक्षित राख्न ६ महिना पहिला नै भावी प्रधानमन्त्री नरेन्द्र मोदी भनेर भारतीय जनता पार्टीको कार्यकारिणी समितिको बैठकबाट योगीबाट सुरक्षित हुन् समयभन्दा धेरै पहिला नै पारित गर्न लगाएको भारतीय राजनीतिक विश्लेषकहरुको बुझाई छ।

भारतीय जनता पार्टीको मुख्य नेताको रुपमा आफूलाई स्थापित गरिसकेका योगी उत्तर प्रदेशको मुख्यमन्त्री को रुपमा दैनिक १८ घन्टा जनताको काममा लागिरहनु भएको छ। योगी २४ घन्टामा जम्मा ४ घन्टा मात्र निदाउनु हुन्छ। साधारण जीवन शैली का योगी लाई कुनै लोभ(लालच र मोह पनि नभएको नेताका रुपमा उनकै कट्टर बिरोधी हरु पनि स्विकार गर्न तयार छन्।

जाग मछन्दर गोरख आया फिल्मका लेखक तथा परिकल्पनाकार योगीले यसको श्रेय आफूले नलिई निर्देशक तथा कलाकारलाई दिनुले पनि योगी आदित्यनाथ को बारेमा सहजै अनुमान गर्न सकिन्छ किनकि उक्त फिल्ममा आवश्यक सबै वस्तु योगी आदित्यनाथले नै उपलब्ध गराएका थिए।

हिन्दू राष्ट्र नेपाल, हठयोग स्वरुप एवं साधना, राजयोग स्वरुप एवं साधना, युगपुरुष महन्त ध्दिग्विजय नाथ, योगी सत्कर्म, हठयोग पृवितिका, महायोगी गोरखनाथ जस्ता पुस्तकहरुमा योगी आदित्यनाले लेख्नु भएको छ। नेपालप्रति सदैव मित्रभावको नजरबाट हेर्ने र नेपालीप्रति सधै सद्भाव राख्ने योगी आदित्यनाथ लाई जनकपुर जयनगर रेलको उद्घाटन गराउँदा उत्तम हुन्छ।

कसैले ओहदाको बखेडा झिक्नु भित्र उनको नीहित स्वार्थ लुकेको हुनसक्छ किनकी उत्तर प्रदेश नत भारतको दिल्ली, गोवा जस्तो केन्द्र शासित प्रदेश हो न त नेपाल जस्तो केन्द्र शासित र अधिकार विहिन प्रदेश हो। त्यसमाथि जहाँ भारतमै केन्द्र सरकारका दुईचार जना मन्त्री बाहेक जून कार्यक्रममा योगी आदित्यनाथ जानु हुन्छ त्यहाँ बाकी सबै केन्द्रीय मन्त्रीहरु विशिष्ट अतिथिको रुपमा बस्नुहुन्छ जबकि योगी आदित्यनाथ प्रमुख अतिथि।

के यसबाट उहाँको ओहोदा, ओज, महत्व र गरिमा बुझ्न सकिदैन र? जहाँसम्म हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा योगी आदित्यनाथ बोल्नु भएको भन्ने प्रसंग छ। आफ्नो राय, सल्लाह दिने हक सबैलाई हुन्छ चाहे त्यो नागरिक होस् वा गैरनागरिक त्यसमाथि नेपालको ९५ प्रतिशत जनता हिन्दुराष्ट्र नेपाल हुनुपर्छ भन्ने पक्षमा छ। संविधान जारी गर्दा पनि नागरिकसंग लिएका सुझाव हेर्दै नहेरी रद्दीको टोकरीमा मिल्काएको नमिठो अनुभव सबै नेपाली माझ छदैछ।

यदि अहिले पनि जनमत संग्रह गर्ने हो भने नेपाल हिन्दु राष्ट्र बन्ने निस्चित छ। बहुसंख्यक नेपालीको भावनाको कुरा गर्नु त राम्रो होइन र? जहाँसम्म राजतन्त्रको कुरा छ यति ठूलो निर्णय लिदा जनमत संग्रह गरेको भए राम्रो हुने थियो कि भन्ने उहाँको बुझाई हुनसक्छ। त्यसमाथि नेपालमा कस्तो शासन व्यवस्था बनाउने सबै निर्णय गर्ने अधिकार त नेपाल र नेपालीसंगै छ।

छिमेकमा राम्रो काम गरिरहेको एउटा असल राजनेता तथा नेपाल र नेपाली प्रति सधै सद्भाव राख्ने नेता वास्तवमै नेपालीको तर्फबाट सम्मान र स्वागतको असली हकदार हुनुहुन्छ। केहि दिनभित्रै हुनगइरहेको विवाह पन्चमीमा प्रमुख अतिथिको रुपमा नेपाल आऊदै गरेका उत्तर प्रदेश का माननीय मुख्यमन्त्री गोरखनाथ मन्दिरका महन्त एवं पिठाधीश्वर योगी आदित्यनाथ लाई नेपालमा हार्दिक स्वागत छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष