फेरि हिउँले ढपक्कै ढाकियो चन्द्रागिरि (फोटो फिचर)

२६ माघ २०७५
banner

काठमाडौं । गत बिहीबारबाट निरन्तर वर्षा भएसँगै काठमाडौंको पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरी डाँडामा फेरी हिउँ परेको छ।

गत शुक्रबारबाट पश्चिमी वायुको प्रभावले देशभर वर्षा भईरहेको छ। वर्षापछि चिसो बढेसँगै काठमाडौँको चन्द्रागिरी, फुलचोकी लगाएतका डाँडाँहरुमा हिउँ परको हो।

आज चन्द्रागिरी डाँडामा बनेको भालेश्वर महादेव मन्दिरसँगैको संरचना पूरै हिउँले ढाकिएको छ। यसअघि गत पुस २३, २४ र माघ ९ गते पनि चन्द्रागिरी, फूल्चोकी, कालिन्चोक लगायतठाउँहरुमा हिउँ परेको थियो।

आज हिउँ सँगै निरन्तर वर्षा भईरहेकाले हिउँ परेका ठाउँमा आन्तरिक तथा बह्य पर्यटक जाने सम्भावना भने कमै रहेको छ। यसै गरी कास्कीको सिक्लेस लगाएतका ठाउँमा पनि एक इन्च भन्दा बाक्लो हिउँ परेको छ।

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l