लङमन्ट हिमालयज् लायन्सद्धारा छात्रवृत्तिको लागी निवेदन आह्वान

२७ माघ २०७५
banner

नातिबाबु भट्ट, कोलोराडो अमेरीका। कोलोराडोमा सकृय सामाजिक संस्था लङमन्ट हिमालयज् लायन्स क्लवले १२ कक्षा पढ्दै गरेका कलेज जाने तयारीमाका रहेका जेहन्दार छात्र छात्राहरुलाई कोलोराडो लायन्स फाउन्डेसन शैक्षिक  छात्रवृतिको लागी निवेदन दिन आह्वान गरेको छ।

कोलोराडो लायन्सले हरेकबर्ष ४ जनालाई छात्र छात्राहरुलाई २ हजार ५ सयका दरले प्रदानगर्ने छात्रबृती नेपाली मुलका जेहन्दार बाबु नानीहरुले प्राप्त गर्न सकुन भन्ने उद्धेश्यले निवेदन दिन सबैलाई आह्वान गरेको हो।

लायन्सले आवश्यक कागज पत्र तयार पारेर आगामी अप्रील १ तारिक सम्म निवेदन दिईसक्न ईच्छुक सबैलाई अनुरोध गरेको हिमालयज् लायन्स क्लबका पूर्व अध्यक्ष एवं नर्थइष्ट ६ का वातावरण चियर प्रमोद श्रेष्ठ बताएका छन्।

 

 

कोलोराडो लायन्सले निवेदकको लागी क्राईटएरिया समेत तोकेको छ। जसमा यसै बर्ष १२ कक्षा पढ्दै गरेको, कोलोराडोमा बसोवास भएको, समुदायमा सामाजिक कृयाकलापहरुमा भागलिएको प्रमाणित कागज पत्र, कलेजले भर्नाको लागी छनौट गरेर पठाएको लिखीत पत्र, स्कूल जिवनमा खेलकुद तथा अन्य बिभिन्न कृयाकलापबाट पाएका उपलब्धि तथा पुरस्कारको लिष्ट, शैक्षिक प्रमाणपत्रका प्रतिलिपी, शिक्षक, प्रशिक्षक तथा आफुले कामगरेको संस्थाबाट छात्रबृतीकोलागी सिफारिस गरिएको लिखित पत्रहरु र स्थानीय लायन्स क्लबको सपोर्ट लेटर समावेस गर्नुपर्ने छ।

यसको साथै निवेदकको बर्तमान र भबिश्यको लक्ष सगटिएको निवन्द लेखि सबैकागज पत्र एकैसाथ समावेस गर्नुपर्ने सर्त राखेको छ।

हिमालयज् लायन्स क्लबका अध्यक्ष बिकल पराजुलीले यसको बिस्तृत जानाकारी तथा सहयोगकोलागी  लङमन्ट हिमालयज् लायन्स क्लवमा सम्पर्क गर्न सबैलाई अनुरोध छन्।

उनले कोलोराडोमा सकृय सबै संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, व्यवसाही, पत्रकार तथा सर्वसाधारण सबैलाई कार्यक्रमको प्रचार प्रसार गरि संम्बधित छात्र छात्रालाई कार्यक्रममा भागलिने अवसर जुटाई दिनहुन समेत अनुरोध गरेका छन्।   

 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l