‘छक्का पञ्जा ३’ को आक्रमक व्यापार (भिडियो सहित)

२४ आश्विन २०७५
banner

काठमाडौं । घटस्थापनाको दिनबाट देशैभर प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ले आक्रामक शुरुआत गरेको । दिपाश्री निरौला निर्देशित चलचित्र हेर्न देशभर दर्शकको घुइँचो लागेको छ । 

जातीय विभेद, विद्यालयमा हुने राजनीति, गरिबी, अशिक्षा र बेरोजगारी जस्तो संवेदनशिल विषयमा बनेको चलचित्रले वाहवाही पाइरहेको छ । चलचित्रको कथा दीपकराजले लेखेका हुन् ।

यस अघिका फिल्ममा मनोरञ्जन मात्रै प्रदान गरेको आरोप लागेकाले ‘छक्का पञ्जा ३’ मा मनमेरञ्जनसँगै शिक्षा दिएको दर्शकको अभिव्यक्तिले निकै उत्साह निर्देशक दिपाश्री निरौलाले बताइन् । चलचित्रप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको थियो । 

दशैँको छेको पारेर प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ मा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, दीपिका प्रसाई, लक्ष्मी गिरी, शिवहरि पौडेल, विल्सन विक्रम राई, निर शाह, यमन श्रेष्ठ, किरण केसी, शारदा गिरी, लगायतका कलाकारहरु मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, सञ्जोग कोइराला, स्वस्तीमा खड्कालगायतका कलाकारहरुकोसमेत अभिनय रहेको छ ।


 

ताजा भिडियो

मुग्लिनको आर्क ब्रिजमा अब गाडि सरर...। Arch Bridge Muglin l

हामी भनेर मात्र हाेईन गरेर पनि देखाउछाै : प्रधानमन्त्री ओली | PM Kp Sharma Oli |

रिसकाे आगाे : कमल थापाले सल्काए लाईटर | Kamal Thapa |

नेपाल चिन्छ या चिन्दैन ? दार्जिलिङ ? Darjeeling Vlog l