आमासँगै सुतेकी बालिका मध्यरातमा चोरीएपछि...

२८ भाद्र २०७५

banner

कञ्चनपुर । कञ्चनपुर पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ। 

सोहि नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंगै राति सुतेकी सरस्वतीलाई अज्ञात महिलाले मध्यराति १ बजेको समयमा चोरेर लगेका हुन्। 

शिशु चोरी भएको खबर पाउनासाथ स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी र स्थानीय बासिन्दाले खोजतलास गर्दा बिहीबारबिहान ७ बजे माईती घरभन्दा डेढ किलोमिटर टाढा धान खेतमा रुँदै गरेको अवस्थामा बालिका फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए।

“नगरपालिकाका नगर प्रमुख जीवन थापासहितको उपस्थितिमा शिशुलाई उहाँका आफन्तकोमा जिम्मा लगाएका छौं” उनले भने। 

शिशुको शरीरमा स–साना फोका देखा परेपछि उपचारका लागि उनलाई सेती अञ्चल अस्पतालमा पठाइएको र त्यहाँबाट शिशुलाई बाल कान्ती अस्पताल काठमाडौँमा लग्ने कुरा बुझिएको प्रहरी उपरीक्षक कडायतले बताए।
शिशु चोरी गर्नेको खोजतलास जारी रहेको पनि उनले बताए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »