अब हरेक दिन बालदिवस, विरालो बाँधेर श्रद्धा गर्ने युगको अन्त्य

२९ भाद्र २०७५

banner

पोखरा । केन्द्रीय बाल कल्याण समिति सदस्य डा.राजेन्द्र कुमार गौतमले अब राष्ट्रिय बाल दिवस विरालो बाँधेर श्रद्धा गर्ने परिपाटीको अन्त्य भएको बताएका छन्। राष्ट्रिय बालदिवसको अबसरमा पोखरामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गदैे गौतमले यस्तो बताएका हुन्।

बालबालिकाको चैतर्फी विकासका पक्षमा देश उभिए मात्रै देश समृद्ध बन्न सक्छ। थ्रि एन्जल्स नेपालका संस्थापक अध्यक्ष तथा सिइयो समेत रहनुभएको गौतमले भन्नु भयो केन्द्रीय बाल कल्याण समितिले समाज रुपान्तरणका हस्ती मानिने बालबालिकालाई बालबालिकाको अधिकारमा मात्र नभई संरक्षणमा आधारित नीति तयार गरेको छ।

त्यसको प्रभावकारी कार्वान्वयन भएका वर्षको एक पटक होइन् अव हरेक दिन बालदिवस मनाउन सकिने वातावरण बन्दै गएको बताए। गण्डकी प्रदेशका बालअधिकार स्रोत व्यक्ति मिठु आचार्यले संरक्षण विहिन तथा सड्क बालबालिकाको व्यावस्थापन विना समृद्ध नेपाल बन्न नसक्ने बताए।

स्थानीय निकायले नीति समेत निमार्ण सक्ने भन्दै पहिलो प्राथमिकतामा राखेर काम गर्नपर्ने बताए। बिकास भनेको बालबालिकामा लगानी गर्नु पनि हो जनप्रतिनिधिहरुलाई विकास भनेको बालबालिकामा लगानि गर्नु हो भन्ने लागेको छैन उनले भन्नु भयो ‘जवसम्म विकास भनेको बालबालिकामा लगानी गर्नुपर्छ, यिनीहरुको संरक्षण गर्नुपर्छ, यिनीहरुको भौतिक, आर्थिक, सामाजिक, नैतिक र शारीरिक बिकासमा लगानी गर्यौँ भने सक्षम नागरिक बन्छन् भन्ने सोचको बिकास गर्न स्थानीय जनप्रतिनिधिहरु  गम्भिर हुनैपर्छ।

शुभतारा थ्रि एन्जल्स मिसन स्कुलका प्राचार्य रमेश पाण्डेले वर्तमान समयमा नेपालमा गुणस्तरीय शिक्षाको बुझाई निकै सङ्कुचित भएको भन्दै परीक्षामा प्राप्त गरको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशतलाई गुणस्तरको पर्याय मानिन्छ यो गलत हो।

पाण्डेले भने, ‘गुणस्तरीय शिक्षा भनेको सभ्य, सुसंस्कृत, असल नैतिक चरित्र भएको र उच्च आय आर्जन गर्न सिकाउने शिक्षा हो। शिक्षा व्यापार नभई सेवा हुनुपर्ने भन्दै प्राचार्य पाण्डेले गुणस्तरीय शिक्षामा शुभतारा थ्रि एन्जल्स मिसन स्कुल कुनै सम्झौता नगर्ने धारणा राखे।

अधिक्ता भिम प्रसाद पौडेलले बाल अधिकार संविधानको मौलिक हकमै व्यवस्था भएको भन्दै त्यसको प्रभावकारी कार्यन्वयन हुन सके मात्रै बालकले आफ्नो अधिकारको प्रत्याभुति हुने बताए। उनले बाल दुव्र्र्यवहारबाट संरक्षण सम्वधी नीति तथा कानूनी प्रावधानहरु र बाल अधिकारको संवैधानिक व्यवस्थाबारे चर्चा गरे।

थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले बालबालिका ईश्वरका सुन्दर रचना भएको भन्दै उनीहरु सुन्दर भए मात्रै भोली देश सुन्दर बन्ने बताए। बालबालिका भोलीका कर्णधार मात्रै न भई आज भएकाले आज संरक्षण हुन पाउनु उनिहरुको नैर्सगिक अधिकार हो। उनले भने त्यसको लागि परिवार, समाज र राष्ट्र नै जिम्मेवार हुनपर्छ।

कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश अधिकारीले गरेका थिए। कार्यक्रममा संस्थाका कोषाध्क्ष रुपा थापा, विक्त तथा कार्यक्रम निर्देशक डा.मदन थापा, एचआर म्यानेजर किसान बहादुर गुरुङ, प्रशासकीय सचिव विवेक ढकाल, भीमप्रसाद पौडेल, विद्यालयका प्रचार्य रमेश पाण्डे र थ्रि एन्जल्स नेपाल काडमाडौं शाखा प्रमुख रजनी बानिँयाको विषेश उपस्थिति रहेको थियो। 

शूखी नेपाली समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार भन्ने नारा सहित मनाईएका राष्ट्रिय बालदिवसको अबसरमा शिक्षक तथा विद्यार्थीहरुले जनचेतना मुलक नाटक तथा विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको कार्यक्रम संयोजक सुमन लिम्बुले जानकारी दिए। थ्री एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यार्थी असिम पाण्डे र रजनीता केसीले गरेका थिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »