चीनको जङ्गलमा सोमबारदेखि शुरु भएको आगलागी रोकिएन    

१ जेठ २०७६
banner

फाईल तस्विर

कुङ्मिङ । चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै रोकिएको छैन । यो आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकहरुले संघर्ष गरिरहेका जनाइएको छ ।

स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेबाट डढेलोको नियन्त्रणका लागि करिब २ हजार व्यक्ति र तीन ओटा हेलिकोप्टर परिचालन गरिएको छ । तर आगलागीको मात्रा घटेको छैन । कुङ्मिङ् प्रान्तमा अवस्थित जङ्गलमा आगो फैलिइरहेको र त्यसलाई कम गर्न नसकिएकोे आगलागी नियन्त्रण केन्द्रको प्रान्तीय विभागले जानकारी दिएको छ ।

आगोले के कति जङ्गल सखाप पा¥यो भन्ने बारेको समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । आगोको लप्काले निकै परसम्म नै प्रभाव पारिरहेकोले नियन्त्रणका लागि प्रभावकारी पहल गर्न नसकिएको समाचारमा जनाइएको छ ।

ताजा भिडियो

EXCLUSIVE...| सुकेधारा विस्फाेट | Sukedhara Bispot |

अनामनगर विस्फोट । घटनास्थलमा जे देखियो ... । Anamnagar l

उद्दारमा खटिएकाले आँखै अगाडि जे देखे... । सुकेधारा घटना ।

सुकेधारा विस्फोट लाइभ । Sukedhara Live -3