चीनमा सडक दुर्घटनामा परी ११ जनाको मृत्य, नौ घाइते

२८ माघ २०७५
banner

हेफेल, चीन । चीनको पूर्वी प्रान्त आनहुईमा दुई भिन्नाभिन्नै सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् ।

घटनामा नौ जना अन्य व्यक्ति घाइते भएका छन् । 

आन्हुईको युएक्सी उहान द्रुतमार्गमा आइतबार विहानै भएको गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् भने लुजिहाङ जिल्लाको हेफेईमा बिहान करिब ८ः११ बजे एक मिनिबस र कार आपसमा जुध्दा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ । 

सडकमा हल्का हिउ परेको र बर्षाका कारण गाडीहरू चिप्लिएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l