नेपालमा भर्खर फोरजी इन्टरनेट चल्दैछ चीनमा सिक्सजीको तयारी सुरु, यस्तो हुनेछ सिक्सजी

२४ पौष २०७५
banner

बेइजिङ। चीनले इन्टरनेट डाटा ट्रान्सफर प्रविधि फाइभजीबाट पनि अघि बढ्दै सिक्सजीको तयारी सुरु गरेको छ । नेपालमा भने फोरजी प्रविधि भित्रिएकै धेरै समय भएको छैन । यहाँ फाइभजी पनि आएको छैन तर चीनमा भने सिक्सजीसमेत आउने भएको हो । चीनको सूचना प्रविधि मन्त्रालयसँग काम गरिरहेको फाइभजी वर्किङ ग्रुपका अनुसार २०२० सम्म सिक्सजीको परीक्षण सुरु हुनेछ । 

२०१९ मा चीनको पूरा ध्यान देशभर फाइभजी प्रविधिको विस्तारमा केन्द्रित रहनेछ । यसको लागि देशभर साढे ३ लाख नयाँ टावर स्थापना गरिएको छ । अहिले नेपालमा चलिरहेको फोरजी प्रविधिलाई फाइभजी बनाउने हो भने अहिलेको इन्टरेटको गतिलाई २५ देखि ३० गुणा बढाउन सकिनेछ । सिक्सजी प्रविधि फाइभजी भन्दा पनि ३० गुणा छिटो डाटा ट्रान्सफर गर्न सक्षम हुनेछ । सिक्सजीको लागि काम सुरु भइसकेको छ र यसको परीक्षण सफल भएमा चीन सिक्सजी प्रविधि भएको संसारकै एकमात्र देश बन्नेछ । सिक्जी प्रविधिमा मेगाबाइट प्रतिसेकेण्ड वा गिगाबाइट प्रतिसेकेण्ड मात्र नभइ टेराबाइट प्रतिसेकेण्डको गतिमा डाटा ट्रान्सफर हुनेछ । 

ताजा भिडियो

गुठी विधेयक हंगामाः कांग्रेस सडकमा, नेपालबन्दको नै आव्हान गर्यो हिन्दु संगठनले । Guthi l

सत्ता पक्ष सांसदको अभिव्यक्तिः गुठी विधेयकका विरोधी भाडाका मान्छे हुन्। Ganga Chaudhary l Guthi l

गुठी विवादबारे प्रधानमन्त्रीले एयरपोर्टमा के भने ? PM KP Oli Speech in Airport l Guthi l

गुठी विवादले तात्यो संसद । Samsad | Birodh Khatiwada |