कसरी अमेरिका पुग्यो चिनियाँ रहस्यमयी हाँस? (भिडियो सहित)

२१ कार्तिक २०७५
banner

एजेन्सी । अमेरिकाको न्यूयोर्क सहरमा नयाँ पाहुना पुगेको छ । एक रंगीबिरंगी हाँस । 

न्यूयोर्कका मानिसहरु त्यो बेला चकित परे जब उीहरुले एक प्रकारको अनौठो हाँस सहरको सेन्ट्रल पार्कमा देखे । 

यो एक भाले हाँस थियो । यो अमेरिकमा फेला पर्नु कुनै सपनाभन्दा कम थिएन । कथा शुरु हुन्छ १० अक्टुबरबाट । केही पंक्षीप्रेमिहरुको एक समूह ‘म्यानहेटन बर्ड अलर्ट’ले न्यूयोर्कको सेन्ट्रल पार्कमा तालमा तैरिरहेको मनमोहक पंक्षीको भिडियो ट्वीटरमा पोस्ट ग्रयो । 

यसपछि मानिसहरु यो मनमोहक पाहुनालाई हेर्न सेन्ट्रल पार्क पुगे । मानिसहरुको पार्कमा निकै भीड लाग्यो । म्यानहेटन बर्ढ अलर्टका अनुसार यो यो हाँस यति राम्रो थियोकी उसले क्यारोलीनाबाट पार्कको सबैभन्दा राम्रो हाँसको उपाधि खोस्यो । 

यो हाँसको नाम मंदारिन हो । मंदारिन चीनको भाषा हो । मंदारिन हाँस चीन, कोरियाली द्वीप र जापानमा पाइन्छ । यो हाँस यती राम्रो छ की न्यूर्योकका इन्स्टाग्राम प्रयोगकर्ताबीच छिटै लोकप्रिय भयो । 

आफ्नो विशिष्ट रंगका कारण यो हाँसलाई कुनै पनि पृष्ठभूमिमा सजिलै देख्न सकिन्छ । 

माइक्रोबायोलोजिस्ट र जानवरका डाक्टर इंस्टाग्राम यूजरले उनलाई कयौं पंक्षीबारे खोजी गरेको भन्दै मंदारिन हाँस सजिलै चिनिने बताएका छन् । 

मंदारिन हाँस पूर्व एशियामा पाइन्छ । सेन्ट्रल पार्कको चिडियाखानाले यहाँ देखिएको मंदारिन हाँस चिडियाखानाको नभएको बताएको छ । 
म्यानहेटन बड अलर्टले यहाँ कुनै मालिकबाट भागेर यो हाँस सेन्ट्रल पार्क पुगेको हुनसक्ने अनुमान गरेको छ । न्यूयोर्कमा हाँस पाल्न प्रतिबन्ध छ । 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l