चिनियाँ सङ्गीतकार अब्दुरेहिम हेयितको मृत्यु नभएको भिडियो सार्वजनिक ?

२८ माघ २०७५
banner

काठमाडौँ । हिरासतमै मृत्यु भएका भनिएका उइगर सङ्गीतकार जीवितै रहेको देखिने भिडियो चिनियाँ सरकारी सञ्चार माध्यमले सार्वजनिक गरिदिएको छ।

फेब्रुअरी १० तारिखमा खिचिएको त्यो भिडियोमा अब्दुरेहिम हेयित जीवितै रहेको र उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताएको देख्न सकिन्छ।

यसअघि टर्कीले अब्दुरेहिमको हिरासतमा मृत्यु भएको भन्दै चीनको उत्तर पश्चिमी सिन्जियाङ प्रान्तका बन्दीगृहहरू बन्द गर्न चीनलाई आह्वान गरेको थियो।

चिनियाँ सरकारी रेडियो चाइना रेडियो इन्टरन्याशनलको तुर्केली भाषा सेवाले अब्दुरेहिम हेयित बोलिरहेको भिडिओ सार्वजनिक गर्दै उनको मृत्यु भएको दाबीका साथ चीनको आलोचना गर्ने टर्कीको कदममा कुनै तुक नभएको बताएको थियो।

त्यो भिडिओमा हेयितले आफूले देशका कानुन मिचेको अभियोगमा अनुसन्धान भइरहेको बताइरहेको जस्तो सुनिन्छ।

तर हेयित जीवितै देखिने भिडिओ कत्तिको सही हो भन्नेबारे सिन्जियाङका मुस्लिम उइगर समुदायका मानिसहरूले प्रश्न उठाएका छन्।

अमेरिकास्थित उइगर मानव अधिकार आयोजनाकी अध्यक्ष नुरी तुर्केलले त्यो भिडिओका केही पक्ष शङ्कास्पद रहेको बीबीसीलाई बताएकी छन्। बीबीसीको सहयोगमा

यस्तो छ भिडियो 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l