चितवन समाज युएईद्वारा दुवै मृर्गौला पीडितलाई आर्थिक सहयोग

२७ पौष २०७५
banner

चितवन । वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत प्रवासी नेपालीहरुबाट संकलित रकम रत्ननगर २ टाँडी निवासी दुवै मृर्गौला पीडित सुमन परियारको उपचारका लागि प्रवासी चितवनेहरुको साझा संस्था चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिले ७० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

टाँडीमा आयोजित कार्यक्रममा समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले सुमनकी आमा चम्फा सो अबसरमा समन्वय समितिका अध्यक्ष अधिकारीले परियारलाई ७० हजारको चेक हस्तान्तरण गरेका थिए।

समन्वय समितिका बरिष्ठ उपाध्यक्ष बुद्धिराज अर्याल, उपाध्यक्ष कविता ढकाल, कोषाध्यक्ष सीता ढकाल, चितवन समाज युएईका संरक्षक निमकान्त पाण्डे, सल्लाहकार प्रविण विक, रामु पौडेल, आजीवन सदस्य तथा लोकगायक नेत्रजी पन्त, समन्वय समितिका गलफ संयोजक श्याम पोखरेललगायतको रकम हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो।

युएईमा आर्थिक संकलनको लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएई तथा ताप्लेजुङ समाज सेवा युएईले पनि सहयोग गरेको थियो। युएईमा रहेका प्रवासी नेपालीहरुबाट संकलित रकम मृर्गौला पीडित सुमनको उपचारका लागि सहयोग गरेको बताए।

समन्वय समितिले प्रवासमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकमबाट विभिन्न सामाजिक क्षेत्रका सहयोग गर्दै आएको बताए। चितवन समाज युएइ का सल्लाहकार प्रविण बिकले स्वागत मन्तब्य राखेका थिए।

यही पुस ५ गते मात्र नेपाल आएका सुमनको भक्तपुर मावन अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ। सुमनको मृर्गौला प्रत्यारोपण गर्ने परिवारले योजना बनाएका छन्। सुमनको उपचारको लागि देश विदेशबाट आर्थिक संकलन जारी रहेको छ।

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l