न्यूजिल्याण्डका आक्रमणकारी अदालतमा उपस्थित, पाँच बन्दुकको प्रयोग गरेको खुलासा

२ चैत्र २०७५
banner

क्राइस्टचर्च । न्यूजिल्याण्डको क्राइस्टचर्चमा दुई मस्जिदमाथि हमला गरेर कम्तीमा ४९ जनाको हत्या गर्ने हमलाकर्तालाई शनिबार अदालतमा पेश गरिएको छ । अष्ट्रेलियाली नागरिक ब्रेन्टन ट्यारेन्ट, २८, अदालतको कठघरामा जेलको सेतो टिसर्ट र हत्कडीमा उपस्थित भए । उनीमाथि हत्याको आरोप लगाइएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डर्नले हमला निकै सुनियोजित ढङ्गले गरिएको र उनीसँग बन्दुक राख्ने लाइसेन्स भएको जानकारी दिएकी छिन् । हमलाको क्रममा उनले पाँचवटा बन्दुक प्रयोग गरेको उनले बताइन् । शुक्रबारको हमलापछि देशमा बन्दुक राख्ने कानूनमा परिवर्तन गरिने प्रधानमन्त्री जसिन्दाले जानकारी दिइन् ।

पुलिस अनुसन्धानबारे जानकारी दिँदै उनले अहिलेसम्म तीनजनालाई पक्राउ गरिएको जसमध्ये दुईको संलग्नताबारे अनुसन्धान भइरहेको जानकारी दिइन् । दुबैको अहिलेसम्म कुनै आपराधिक रेकर्ड सार्वजनिक भएको छैन । यसैबीच घटनास्थलबाट पक्राउ गरिएका अन्य हतियारधारी व्यक्तिलाई रिहा गरिएको छ । अनुसन्धानमा उनीहरु पुलिसलाई सहयोग गर्ने कोसिस गरिरहेको पत्ता लागेको छ ।

क्राइस्टचर्चकी मेयर लिएन डालजीलका अनुसार दुई मस्जिदमाथिको हमलाले शहरलाई सधैंका लागि परिवर्तन गरेको छ । उनका अनुसार शनिबार झण्डा आधा झुकाइनेछ र शहरमा हुने थुप्रै खेल र मनोरञ्जनको कार्यक्रम रद्द गरिएको छ । मेयरका अनुसार स्थानीय प्रशासन मुस्लिम समुदायसँग मिलेर मारिएका व्यक्तिहरुको अन्तिम संस्कारका लागि उचित स्थानको प्रबन्धमा जुटेको छ ।

ताजा भिडियो

जनकपुरमा रेल । Rail in Janakpur l

विप्लवलाई ओलीकाे कडा चेतावनी : जेल जान तयार हुनुस् | Kp Sharma Oli | Netra Bikram Chand |

प्रधानमन्त्रीलाई सिके राउतकाे प्रवक्ता भनेपछी....|| Rajendra Mahato ll

प्रधानमन्त्रीलाई विजय गच्छदारको काउण्टर । Bijaya Gachhadar Speech l