डेढ करोड हानी गर्ने वन अधिकृतसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१ जेठ २०७६
banner

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, हेटौंडाका तत्कालीन डिभिजन वन अधिकृत प्रल्हादप्रसाद धितालसहित  २० जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरुमाथि अख्तियारले सामुदायिक वनको काठमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन सिंह थिङसहित ठेकेदार, वन समिति र वन कार्यालय समेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४.४९ हजार क्यू.फिट काठ कटानी गरी २० लाख भन्दा बढी रकम हिनामिना गरेको अख्तियारले दावी गरेको छ । 
सालका रुखहरू मूल्यवान हुने भएकोले साल जातको मात्र छपान तथा कटान गरिएको, वनको व्यवस्थापनका लागि ढलापडा सबै जातका रुखहरूमा छपान नगरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।  

अख्तियारले तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हादप्रसाद धिताल, सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायणबहादुर कार्की, अवकाश प्राप्त सहायक वन अधिकृत मोहनबहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेष्टर ब्रहमदेव यादवलाई विपक्षी बनाइएको छ।

त्यस्तै वन रक्षक देविप्रसाद गौतम, होटल सामना प्रा।लि। हेटौंडा– ४, मकवानपुरका सञ्चालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योग गाईघाट, उदयपुरका सञ्चालक सुरज आचार्य, ब्रम्ह सामुदायिक वन उपभोक्ता एवम् सल्लाहकार जीवन भन्ने भीमबहादुर थिङ, ब्रम्ह आधारभूत विद्यालय, बकैया–२ मकवानपुरका तत्कालीन प्रधानध्यापक राजन भन्ने राम बहादुर घोरासाइनी, काठ ठेकेदार केशव भन्ने इन्द्रमणि तिमल्सिनलाई पनि अख्तियारले विपक्षी बनाएको छ।

अख्तियारले काठ दाउरा संकलन गर्ने प्रयोजनका लागि गठित समितिका संयोजक बुद्धबहादुर लोप्चन, सदस्यहरू सोमबहादुर तिमल्सिना, सूर्जबहादुर जिम्बा भन्ने सूर्यबहादुर जिम्बा, ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मदन सिंह थिङ, कोषाध्यक्ष शुक्रबहादुर भोलन भन्ने शुक्रबहादुर भुलनको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

एक करोड ५८ लाख ७० हजार ७ सय ९० राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानी नोक्सानी पुर्‍याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अख्तियारको विज्ञप्ति :

प्रेस विज्ञप्ति  मिति २०७६।०२।०१ गते 

डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुर तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हाद प्रसाद धिताल समेत २० जना उपर आरोप(पत्र दायर । 

जिल्ला मकवानपुर साविक धियाल गा.वि.स. वडा नं।२ हालको बकैया गाउँपालिका वडा नं. २ मा रहेको ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दन सिं थिङसहित ठेकेदार, वन समिति र वन कार्यालयसमेतको मिलेमतोमा अवैधानिक रूपमा १११५४.४९ हजार क्यू.फिट काठ कटानी आदेश लिएको, २० लाख भन्दा बढी रकम विभिन्न निकायमा बाँडेर १५० भन्दा बढी सालका हरिया रूख काटी गोलिया हिनामिना गर्न लागेको भन्नेधसमेत ब्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा 

मकवानपुर जिल्ला, बकैया गाउँपालिका वडा नं.२ मा रहेको ब्रम्ह सामुदायिक वनमा ५३ प्रतिशत साल र ४७ प्रतिशत अन्य जातका रुखहरू रहेकोमा साल जातका रुखहरू मात्र हावाहुरीका कारण ढलापडा भनी छपान गरेको, उक्त ब्रम्ह सामुदायिक वनका रुखहरूको औषत १२ क्यूबिक फिट रहेको तर २६२ वटा रुखहरूको जम्मा ११२५१.४९ क्यू.फिट देखिएबाट सालका रुखहरू मुल्यवान हुने भएकोले साल जातको मात्र छपान तथा कटान गरिएको, वनको ब्यबस्थापनका लागि ढलापडा सबै जातका रुखहरूमा छपान नगरेको, उक्त वनमा भएको अनियमितताको अनुसन्धान गर्ने क्रममा 

३५ थान साच्चिकै ढलापडा रुखहरूको नाप लिँदा ७०० क्यू।फिट देखिएको आधारमा २६२ वटा रुखको जम्मा ५,३२० क्यू।फिटको हाराहारीमा हुनुपर्ने हो तर छपान गर्दा ११२५१.४९ क्यू. फिट गरिएकोले सालका सग्ला रुखहरू कटान गर्ने बद्निायतले छपान गरेको, नियमावलीले निर्देशन गरेको समयअनुसार नगरेको, छपान निरीक्षण तहगत रुपमा तल्लो तहबाट गल्ती भए माथिल्लो तहबाट सुधार गर्ने भन्ने मनसायले भएतापनि दुईवटा निकाय क्षेत्रीय वन निर्देशनालय, हेटौंडा र डिभिजन वन 

कार्यालय, हेटौंडाबाट संयुक्त निरीक्षण गरेको भएता पनि खटिएका कर्मचारीहरूले न्यूनतम प्रक्रिया समेत पूरा नगरेको, ठेकेदारको उपस्थिति काठदाउरा सकंलन भएपश्चात ठेक्काट प्रक्रियामा मात्र देखिनु पर्नेमा छपान, कटान मुछान हुनुपूर्व नै ठेकेदारहरू देखिएको,ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहको बैठकबाट ढलापडा काठदाउरा संकलन गर्ने भनी निर्णय गर्नुपूर्व नै संकलन सहमति दिई तत्कालीन डिभिजनल वन अधिकृत प्रल्हाद प्रसाद धिताल, सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंक नारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायण बहादुर कार्की, 

अवकाश प्राप्त सहायक वन अधिकृत मोहन बहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेष्टर ब्रहमदेव यादव र वन रक्षक देवि प्रसाद गौतम, होटल सामना प्रा।लि। हेटौंडा ( ४, मकवानपुरका संचालक सानुकाजी आचार्य, सामना काष्ठ उद्योग गाईघाट, उदयपुरका संचालक सुरज आचार्य, ब्रम्ह सामुदायिक वन उपभोक्ता एवं सल्लाहकार जिवन भन्ने भिम बहादुर थिङ, ब्रम्ह आधारभूत विद्यालय, बकैया(२ मकवानपुरका तत्कालीन प्रधानध्यापक राजन भन्ने राम बहादुर घोरसाईनी, काठ ठेकेदार केशव भन्ने इन्द्रमणि तिमल्सिना, 

काठदाउरा संकलन गर्ने प्रयोजनका लागि गठित समितिका संयोजक बुद्ध बहादुर लोप्चन, सदस्यहरू सोम बहादुर तिमल्सिना, सूर्ज बहादुर जिम्बा भन्ने सूर्य बहादुर जिम्बा, ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मर्दन सिं थिङ, कोषाध्यक्ष शुक्र बहादुर भोलन भन्ने शुक्र बहादुर भुलनको प्रत्यक्ष योजना, मिलेमतो र संलग्नतामा २६२ वटा ढलापडा साल जातका रुखहरूमा मात्र छपान गरेकामा उल्लेखित छपान गरेका रुखहरू मात्र कटान गर्नुपर्नेमा बदनियतपूर्वक छपान गरेका रुखहरूको 

आसपासमा नै रहेका अन्य छपान नगरेका हरिया सग्ला खडा साल जातको २०८ वटा रूखहरू कटान गरी गोलिया ८८७ थान टुनटुक्रा पारी ९४९७.७८ क्यू.फि. काठको मूल्य अभिवृद्धि करबाहेक रू १,५८,७०,७९०।३८ (एक करोड अन्ठाउन्न लाख सहत्तरी हजार सात सय नव्वे रूपैया अडतिस पैसा) राष्ट्रिय वनभित्रको वन पैदावार कटान गरी हानिनोक्सानी पुर्‌याएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार देहाय बमोजिमको सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रदीपकुमार कोइराला
प्रवक्ता

ताजा भिडियो

भ्रष्टाचार गरेको प्रमाणित गर्नुस् झुण्डिएर मर्छु : कुलमान घिसिंङ | Kulman Ghising |

सभामुखले एक्कासी माईक काटेपछि,मच्चियो खैलाबैला | Samsad Baithak |

रामनारायण विडारी जोरसोरले बोल्दा सुन्ने सांसदको थामिएन हाँसो | Ram Narayan Bidari |

कांग्रेसमाथि आक्रामक सुरेन्द्र केसी | Surendra KC |