समर्थककै शंकाको घेरामा सीके राउत

२८ फाल्गुन २०७५
banner

काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले अचानक सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा प्रवेश गरेपछि उनका समर्थक, शुभचिन्तक र सर्वसाधारण आश्चर्यमा परेका छन् ।

राउतको राजनीतिक रणनीति समर्थकले बुझ्न नसकेकै कारण उनी जनकपुर आउँदा स्वतन्त्र मधेसको नारा घन्काइएको चर्चा चलिरहेको छ । राउतको वास्तविक राजनीतिक गतिविधि भने प्रस्ट हुन सकेको छैन ।

सरकारसँगको सम्झौतापछि आइतबार जनकपुर आएका राउतले सञ्चारकर्मीलाई केही प्रतिक्रिया दिएका छैनन् । सोमबार राउतसँग प्रतिक्रिया लिन जनक—८ बलवा टोलस्थित निजी निवासमा पुग्दा उनका कार्यकर्ताले भेट्न नमिल्ने बताएर फर्काइदिए । व्यस्त सहरको गल्लीमा रहेको राउतको घर धेरैले देखेका छैनन् । घरको पर्खालमा स्वतन्त्र मधेस गठबन्धनको झन्डा झुन्ड्याइएको हुँदा घर पहिचान गर्न सजिलो भएको थियो ।

ढोकामै सानो पोस्टरमा देखिने गरी आगन्तुकका लागि सूचना टाँसिएको भेटियो । सूचनामा थियो, ‘भेट्न आउनेले पहिला ९८०४७३८८० नम्बरमा सम्पर्क गरी अनुमति लिनुहोला ।’ तर सम्पर्क गर्दा फोन अफ थियो । अन्नपूर्णपोष्ट दैनिक

ताजा भिडियो

नाकाबन्दीको चोट र टमाटरको भाउ ! Kalimati l

अनाैठाे प्रतिभा भएका नेपाली युवा | Bishal Jung Khadaka | Beatboxing |

कुलमान लाई काउन्टरः म पनि टुडिखेलमा झुन्डिएर मर्न तयार छु- मोदी । Kulman VS Amanlal Modi l

पाँचथर हत्याकाण्डबारे संसदमा चर्चा | Puspa Bhusal | Nepali Congress |