साँच्चै हराउला त काठमाडौंको धुलो ? बिहानै सडक पखाल्दैछ महानगर (फोटो/भिडियो)

१७ मङ्सिर २०७५

banner

काठमाडौं। ‘नो मास्क सिटी’ बनाउने घोषणा गरेको काठमाडौं महानगरपालिकाले गत बधबारदेखि काठमाडौंका सडक पखाल्न सुरु गरेको छ।

राजधानीमा धेरै धुलो धुँवा भएको भन्दै महानगरको चर्को आलोचना भएपछि महानगरपालिकाले राजधानीका मुख्य सडक पखाल्न सुरु गरेको हो।

निर्वाचनमा काठमाडौं महानगरलाई धुलो र धुँवा मुक्त बनाउने प्रतिबद्धता व्यक्ति गरेका मेयर विद्यासुन्दर शाक्यले निर्वाचनको भएको करिब डेढ वर्षपछि राजधानीका सडक पखाल्न सुरु गरिएको हो।

 

 

केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीले मेलम्चीको पानी काठमाडौं आएपछि राजधानीका सडक पखाल्ने बताएको केही दिनपछि नै मेलम्चीको पानी काठमाडौं नआइकनै महानगरपालिकाले राजधानीका सडक पखाल्न सुरु गरेको हो।

सोमबार विहानै महानगरपालिकाले पुतलीसडकदेखि सिंहदरबारसम्मको सडक पेटी पखालेको हो। सडक पखाल्न महानगरले दैनिक सात वटा ट्यांकर प्रयोग गरिरहेको जनाएको छ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष