ललितपुरको लगनखेल–मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक सरसफाई अभियान (फोटो/भिडियो)

२७ पौष २०७५
banner

काठमाडौँ । उपत्यकाका विभिन्न स्थान सफाइ गर्दै आएको ‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पूरा गरेको छ। 

एकवर्ष पूरा गरेका अवसरमा अभियानले ललितपुरको लगनखेल–मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक अभियानसहित सरसफाइ गरेको छ। कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई जरिवानासहित कारवाही गर्ने कानूनी व्यवस्था कार्यान्वयन गर्न लागिएको जानकारी दिए।

 

युवालाई फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले शुरु भएको अभियानलाई महानगरले साथ दिने उनको प्रतिबद्धता थियो। ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले फोहर फाल्ने चेतना नभए जतिसुकै विद्वान् भए पनि अर्थ नहुने विचार राखे।

एक वर्षअघि राजधानी काठमाडौँ उपत्यकालाई ‘डम्पिङ साइट’ बनाइनु हुन्न भन्ने उद्देश्यले अभियान शुरु गरिएको अभियानकर्मी केपी खनालले सुनाए। उपत्यकाका विभिन्न स्थानमा सङ्कलन भएको प्लाष्टिकलगायत फोहरबाट मोहरमा रूपान्तरण गरी जम्मा पारिएको रु ५० लाखबाट बाजुरामा अनाथाश्रम बनाउन लागिएको जानकारी पनि सो अवसरमा उनले दिए।

 

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पतञ्जलि योग समिति, मानवसेवा आश्रम, रेयुकाई नेपाल, विभिन्न क्याम्पस एवं विद्यालयका विद्यार्थी र सर्वसाधारण गरी ४०० बढी अभियानकर्मीको सहभागिता थियो। एक वर्षअघि काठमाडौँ महानगरपालिकाबाट यो अभियान शुरु गरिएको सो अवसरमा जानकारी गराइएको थियो।

 

विशेष

ताजा भिडियो

सरकारले गर्यो भारतबाट रेल किन्ने निर्णय, पानी जहाज कार्यालय पनि खुल्ने भो । Rail in Nepal l

पर्वत मालढुङ्गा बस दुर्घटना ।

सुख्खा बन्दरगाहाको शिलन्यास । PM Kp Oli ।

गगन थापाको आकस्मिक पत्रकार सम्मेलन किन ? Gagan Thapa Press Meet on Govinda KC's hunger strike l