हत्या गरिएकी महिलाको शरीर पोस्टमार्टमका लागि लैजान लाग्दा उल्टियो सबथोक (भिडियो)

१ चैत्र २०७५
banner

केली। कोलम्बियामा एक महिलालाई दिनदहाडै सडकमा गोली हानियो । मानिसहरुले उनको हत्याबारे पुलिसलाई खबर गरे । पुलिस आउँदासम्म घण्टौं शरीर सडकमै रह्यो । केही घण्टापछि पुलिस आयो र घटनास्थलमा रहेका सबुत प्रमाण र सुरागहरु जुटाउन थाल्यो । सबै साक्षीहरु जुटाइसकेपछि महिलाको शरीरलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी हुँदै थियो यत्तिकैमा अचानक यस्तो घटना भयो कि सबथोक उल्टियो ।

घटना कोलम्बियाको केली शहरको हो । यहाँ ३३ वर्षकी केरमन एन्ड्रा केंडेज नामकी महिलालाई कसैले दिनदहाडै बीच सडकमा गोली हानिदियो । गोली लागेर ढलेकी महिलाको शरीरमा कुनै हलचल थिएन । त्यसपछि स्थानीयले पुलिस बोलाए । पुलिसलाई लाग्यो उनको मृत्यु भइसकेको छ । त्यसैले पुलिसले आसपासका सुरागहरु जुटाउन थाल्यो । पुलिस घटनास्थल पुग्दासम्म उनको शरीर सडकमै थियो । 

एक पुलिस अफिसरले उनको शरीरको अवस्थिति दर्शाउनका लागि मार्कर लगाउँदै थिए यत्तिकैमा उनलाई लाग्यो कि महिलाको हात हल्लिरहेको छ । पहिले त उनलाई लाग्यो कि यो भ्रम हो तर पुनः अर्को पटक हात हल्लिएपछि भने उनले बुझे कि महिला जीवित छिन् । घटना त्यहाँको पुलिस कारवाहीको भिडियो बनाइरहेका एक व्यक्तिको क्यामेरामा रेकर्ड भयो । 

स्टेट हेल्थ सेक्रेटरी नेल्सन सिनिस्टेराका अनुसार महिलालाई तत्काल अस्पताल लगियो । डाक्टरले अहिले महिलाको हालत स्थिर भएको बताएका छन् । महिला खतरामुक्त भएको बताइएको छ । पुलिस यो घटनाको जाँच गरिरहेको छ । पुलिसलाई अब महिला ठिक हुने प्रतिक्षा छ ताकि उनीसँग सोधेर आरोपीको बारेमा केही जानकारी पाउन सकियोस् । हेर्नुहोस् भिडियो –

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll